जन आकाश
काठमाडौ ।सरकारले आउदो मङ्सिर ४ गते निर्बाचन तोकेपछी देशभरी चुनाबी माहोल बढेको छ।
सत्तपक्षिय गठबन्धन मोर्चाबन्दिमा चुनावमा जाने तयारिमा नेकपा एमाले एक्लो जस्तो देखिएको छ।
आउदो निर्बाचनको लागी धादिङ निर्बाचन क्षेत्र नम्बर १ मा पनि बिभिन्न आकलन र बहस सुरु भएको छ,२०४८ शालदेखीको निर्बाचन एमालेको गडको रूपमा रहदै आएको धादिङ्गमा,एमाले फुटको असर पनि केहि देखिन्छ प्रतिनिधि सभा सदस्यको लागी मुख्य त बर्तमान साम्सद भुमी त्रिपाठी र युवा नेता रमेशकुमार आचार्य २ जनाको शसक्त दाबेदारी रहेको छ भने केन्द्रिय लेखा आयोगको अध्यक्ष पुस्प कडेल,केन्द्रिय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल र केन्द्रिय लेखा आयोग सदस्य मिनराज कडेको पनि दाबी रहेको बुझिएको छ।
१.पुस्प कडेल नेकपा एमालेको बौदिक नेता र अर्थबिदको रुपमा चिन्निछ, पेसाको हिसाबले प्राध्यापक भए पनि पार्टी पुरानो नेता हुन नेकपा एमाले केन्द्रिय लेखा आयोगको सदस्य हुदै हाल तेस्रो कार्यकाल केन्द्रिय लेखा आयोगको अध्यक्ष पार्टी स्थायी कमिटी सदस्यको जिम्मेवारी सङ्गालिरहेका छन् ।
कडेलको घर धादिङ भए पनि उनले आफ्नो राजनीतिलाइ केन्द्रिय राजनीतिमा केन्द्रीत छ। उनी केपि ओलि प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए।
२.भुमी त्रिपाठी नेकपा एमाले धादिङको अध्यक्ष र बर्तमान साम्सद समेत हुन २०५४ शालमा धादिङ-काठमाडौ सम्पर्क मन्चको अध्यक्ष हुदै पार्टी जिल्ला कमिटी सदस्य,सचिब हुदै हाल अध्यक्ष रहेको छन्।
३.रमेशकुमार कुमार आचार्य जिल्लाको मात्रै नभएर देशकै प्रभावशाली युवा नेता हुन अनेरास्ववियु धादिङको सदस्य,सचिव,अध्यक्ष हुदै,केन्द्रिय सदस्य,सचिवालय सदस्य हुदै २०६७ शालमा जनकपुमा सम्पन्न अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलनमा कोषाध्यक्षको उम्मेदवार समेत रहेका थिए,युवासंघको सचिवालय सदस्य ,सचिव,महासचिवको समेत कुशल रुपमा जिम्मेवारी बहन गरिसकेका र ६ बर्ष एमाले अध्यक्ष केपि ओलिको स्वकीय सचिवको रुपमा समेत काम गरिसकेको अनुभव
उनि हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य साथै,केन्द्रिय खेलकुद बिभागको सदस्य समेत जिम्मेवारीमा छन्,पुस्तान्तरण र परिबर्तनको लागी आफ्नो उम्मेदवार अनिबार्य रहेको बताइरहेका छन् ।
४.जगन्नाथ नेपाल जिल्लाको सस्थापक नेता पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्यको जिम्मेवारीमा छन्,पार्टीको जिल्ला कमिटी प्रदेश कमिटीमा समेत काम गरिसकेका नेपाल जिल्ला समन्वय समिति धादिङको निबर्तमान प्रमुख समेत हुन पार्टी नेताहरुले सहमतिमा उम्मेदवार हुन अनुरोध गरेमा नाइ नभन्ने बताइरहेका छन् ।
४.मिनराज कडेल हाल केन्द्रीय लेखाआयोग सदस्य समेत रहेको छन्,जिल्ला कमिटी सदस्य,उपसचिवको समेत जिम्मेवारी निर्बाह गरि सकेका कडेल सहकारी क्षेत्रको अगुवा हुन् यसपालि पार्टीले उम्मेदवार हुन सर्बसम्मत सिफारिस गरेमा पछि नहट्ने बताइरहेका छन् ।
अर्का धादिङको क्षेत्र २ मा पार्टी केन्द्रिय सदस्य जिल्ला इन्चार्ज बर्तमान साम्सद खेम लोहनी ,केन्द्रिय सदस्य जानुका सिम्खडा,बर्तमान प्रदेश साम्सद रामकुमार अधिकारी,पार्टी उपाध्यक्ष धन बहादुर घलेको पनि दाबी रहेको बताइन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend