जन आकाश
पत्रकारिताको आरोह शुरु गर्न आजकै दिन हामीले जनआकाश पत्रिकाको स्थापाना गरेका थियौ, जतिवेला देशमा लामो १० बर्षे जनयुद्ध स्थगन भएर शान्ति प्रक्रियामा माओवादी जनयुद्ध आएको थियो । त्यसै समयमा देशमा के हुने हो भन्ने खालका अन्यौलताहरु थिए । तिनै अन्यौलता र सत्य, तथ्यहरु समाजमा समयमा उजागर हुन सकेन भने देशमा अनर्थ हुनसक्ने सम्भावन प्रर्वल थियो । त्यस्ता अनर्थ हुन नदिन सञ्चारकर्मीहरुको महत्वपूर्ण भुमिका रहनु प¥थ्यो त्यस्तो भूमिका ठुला स्केलमा प्रकाशित हुने सञ्चार गृहहरुको देखिएन । त्यसपछि समयमा सहि र नेतृत्वदायी भूमिकामा रहन नसके पनि सानै भएपनि सञ्चारगृहको स्थापना गरी सम्बन्धित निकायहरुलाई सही र सत्य सूचना दिनसक्छौ ति हामीले दिने सत्य सूचनाले राष्ट्रिय स्वतन्त्र र राष्ट्रिय अखण्डताको रक्षाका निमित महत्वपूर्ण भुमिका हुनसक्छ भन्ने उदेश्यले जनआकाश साप्ताहिकको प्रकाशन शुरु गरेका थियौं ।
त्यही उदेश्य बमोजिम जनआकाश साप्ताहिकले राष्ट्रिय हित र राष्ट्रिय एकताको पक्षमा खेलेको भुमिकाले आजका दिनसम्म आइपुग्दा अझै नेपालीहरुको एकता दरिलो बनेको छ । यस्तो दरिलो नेपाली समाज देख्न पाउदा जनआकाश टिम गर्व गर्छ । यस्तै राष्ट्रिय एकता धार्मिका सहिष्णुता नेपालको सर्वभौम स्वतन्त्रताको लागि सधै नेपाल देशका नागरिकहरु एक हुन्छन् भन्ने विश्वास हामीलाई छ ।
देशको प्राकृतिक सुुन्दरता जतिक्कै विकासका सोचहरु पनि सुन्दर राखेर नेपालले काम गर्नुपर्ने थियो । जसमा उद्योग, कलकारखान, नेपालमा नै खोलेर सवैलाई रोजगार दिन सक्नुपर्दथ्यो । ति विषयहरु प्रथामिकतामा पर्न सकेका छैनन् । त्यसका असरहरु देशका युवापुस्ताको बिदेश पलायनले देखाएको छ । यी चुनौतिको सामना गर्न, समस्याको सावधान खोज्न, उत्तम बिकल्पको लागि जनआकाश मिडियाको प्र¥यासमा स्वदेशी उत्पादनको प्रयोग, स्वदेशी उधोगहरुको खोल्न प्रोत्साहन, खुलेका स्वदेशी उद्योगलाई गर्ने प्रोत्साहन उदेश्यले जनआकाशले सञ्चारको भुमिकामा प्रचार प्रसार गरी सहयोग गर्ने गरेको छ ।
यिनै जनआकाश साप्ताहिकले प्रचारमा ल्याएका समाग्री मन पराएर जनआकाशको सवै नपालीलाई जोड्ने अभियाँनमा धेरैजति नागरिकहरुले साथ दिएकै कारण हाम्रो जनआकाशको प्रीन्टको अर्को संस्करण जनआकाश डटकम, डिजिटलमा समेत विकास गर्न सफल भएका छौ ।
यो सफलता जनआकाश पत्रिका प्रकाशन गर्ने प्रकाशक÷सम्पादकको वा जनआकाश टिमको मात्र नभएर समग्र नेपाल देश र नेपाली जनताको सफलता मानेका छौ । यो सफलतामा पु¥याउन आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नुहुने सवै मानुभावहरुप्रति जनआकाश टिम हार्दिक कृतज्ञता ब्याक्त गर्दछौ ।
यसैगरी हामीले जनआकाश साप्ताहिकलाई मिडिया कम्पनीको रुपमा विकास गरीसकेका छौ । यसलाई राष्ट्रियस्तरको साप्ताहिक बनाउन पनि सफल भईसकेका छौ । अझै अन्तराष्ट्रियस्तरमा अन्तराष्ट्रिय अनुभवहरु लिदै नेपालले दिनसक्ने सही र सूचनाको प्रणली लागु गर्ने तयारीमा हामी छौ । त्यो नयाँ प्रयोगमा ल्याउन लागेको प्रणलीलाई परिक्षण गरी सफलतामा परिणत गरेर राष्ट्रलाई हामीले प्रयोग गरेको प्रणली काम लागोस भन्ने सोच बनाएका छौ ।
यस्ता महत्वपूर्ण सोचहरु बोकेर हामी १५ औं बर्षमा प्रवेश गरेका छौ । यस्ता महत्वपूर्ण सोचहरु सफल बनाउन समाजको पनि उत्तिक्कै साथ चाहिन्छ । त्यो विगतको जस्तै हामीलाई सवैक्षेत्रको साथ रहने विश्वास गरेका छौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend