logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

फोहोरको गन्धले माहामारी निम्त्याउन सक्ने !


  • जन आकाश
  • मंगलबार, साउन ३१ २०७९

मोहन कार्की।
काठमाडौ महानगरभित्रका फोहोर यतिवेला गन्हायर बसिसक्नु छैन । मानिसहरु मुख थुनेर कार्यालयल आउने जाने र किनमेल गर्न बजार निस्कने गरेका छन् । मानिसहरुले मुख, नाक छोपेर हिडेको देखिन्छ भने कतिपय फाहोर गन्हायर बान्ता गर्दै गरेको पनि देखिन्छ । दिनानु दिन बढ्दै गएको फोहोरवाट निक्सकने किटानुहरुले मानिसहरुलाई अनेक खालका रोगहरु लाग्ने चिकित्सकहरुले बताउने गरेका छन् ।



चिकित्सकहरुले भनेका छन्, “सडकमा थुपारिएका फोहोरवाट निस्कने किटाणुहरु प्राकृतिक हावामा मिसिने र त्यस बहने हावा मानिसहरुले स्वास प्रस्वासवाट लिने भएको हुदा त्यही दुषिण किटाणु स्वास प्रस्वासमा गएर मानिसका भित्री अङगहरुमा पुगेर आक्रमण गर्ने र अनेक खालका रोगहरु लाग्ने” चिकित्सकहरुको भनाइ रहेको छ ।

चिकित्सकहरुले भनेको जस्तैगरी काठमाडौ महानगरपालिका जाहा फोहोर थुपारिएका क्षेत्र आसपासमा झाडा पखलाका बिरामी बढिरेका छन् । यो संख्या बढ्दै जाने क्रम रोकिएको छैन । अस्पतालहरुमा यतिवेला रुघाखोकी, झाडापखलाका बिरमीको चाम अत्याधिक बढिरेका छन् । यसले हैजाको रुप नलेला भन्न सकिदैन । त्यसैले काठमाडौ शहर नरकमा परिणत हुदै गएको छ ।
फोहोरको व्यवस्थापन काठमाडौ महानगरपालिकाको दाईत्व हो । तर स्थानीय निर्वाचन हुनुभन्दा केही समय अगडीदेखि काठमाडौ महानगरपालिकामा फोहोर थुप्रिन थालेको थियो । काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मघद्धार बालेन्द्र शाहले मेयर पदमा विजयी हाशिल गरेका छन् ।

जनताले स्वतन्त्र उम्मेद्धारवाट काठमाडौ महानगरपालिकामा फोहोर व्यवस्थापन, खानेपानी, ढलको समस्या होला भन्ने मात्र आशा गरेका थिए । बालेन्द्र अर्थात बालेनले पनि सोही कुरा चुनावताका भनेका थिए । तर उनले निर्वाचनमा बोलेका कुराहरु लागु गर्न सकेका छैनन् । अफ्ठुयारो फोहोर फाल्दै आएको ठाउका स्थानीयले फोहोर फाल्न दिएका छैनन् ।

काठमाडौ उपत्यकामा उत्पादन भएका फोहोरहरु धादिङ र नुवाकोट जिल्लाका सिसडोल र बन्चरे डाडामा व्यवस्थापन गर्दै आएका थिए । तर त्यहाका स्थानीयले विरोध गरेका कारण ४ महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन ।

गएको हप्ता मात्रै पनि फोहोर व्यवस्थापनको लागि महानगरपालिकाको रोलर,ट्रक त्यहाका स्थानीयले राति तोडफाड गरेका छन् । यसवाट पनि त्यहाका स्थानीयले फोहोर व्यवस्थापनमा सहयोग नगर्ने संकेत गरिरहेका छन् ।

यस्तै अवस्था बढ्दै जाने हो भने काठमाडौ महानगरपालिकाको फोहोरको गन्घवाट निस्कने किटाणुले काठमाडौ महानगरपालिकामा बसोबास गर्ने मानिसहरुमा माहामारी तिम्तने खतरा बढेर गएको छ । यतापर्टी सम्बन्धित निकायको ध्यान जानुपर्छ । राज्यका अन्य निकायले पनि सहजिकरण नगर्ने हो भने काठमाडौ महानगरपालिकाको फोहोरवाट निम्तन सक्ने खतरा थप भयाबह हुनसक्ने सम्भावना बढी छ ।

फोहोर कम गर्ने बिकल्पहरु अपनाउनुपर्छ ।
बिकसीत राष्ट्रहरुमा फोहोर व्यवस्थापनको लागि कुनै ठाउ छुट्याएर पलान्ट नै बनाएर पनि काम गरिरहेका उदारण देखिन्छन् । त्यस्तै काठमाडौ महानगरपालिकाको फोहोर प्रशोधन गर्ने टेकुमा रहेको फोहोर प्रशोधन केन्द्र खोलेर १० मेगावाट विधुत निकाल्ने योजना गएको ५ बर्ष अगाडी नै सार्वजानिक भएको थियो । त्यो योजना काजगमा मात्र सिमित रहन पुगेको छ । त्यो योजना लागु गरेर फोहोर व्यवस्थापन गरी फोहोरलाई कम गर्ने बिकल्प हुनसक्छ ।

अर्को काठमाडौ महानगरपालिका भित्र बसोबास गर्ने प्रत्येक घरका मानिसहरुले प्रत्येक दिन कुइने फोहोरलाई जम्मा गरेर कौशीमा गमालहरुमा प्रायोग गरी कौशी खेतीमा प्रायोग गर्न सकिन्छ र नकुहिने पलाष्टिक जन्य फोहोरलाई सफा गरेर पुनः प्रयोग गर्ने र बजारमा जादा घरवाट नै झोलाको व्यवस्थान गरेर फोहोर कम गर्न सकिने उपायहरु हुनसक्छन् । यो अर्को फोहोर व्यवस्थापन नहुनजेलसम्मको लागि यसरी फोहोर कम गर्ने तरिका हुन् ।

फोहोर माथिको राजनीति
फोहोर डम्पिङ गर्दै आएको क्षेत्रका मध्यका टाठा बाठा स्थानीयहरुले बिभिन्न संघ÷संस्था खोलेर महानगरपालिकासँग सम्झौता गरी अनेक बहानामा खाईपाई आएका थिए । जसमा ठुला भनिएका पार्टीका सक्रिय कार्यकर्ताहरुको बाहुल्य रहेको थियो ।

उनिहरुले पुनः नयाँ निर्वाचित जनप्रतिनिधिलाई विगतकै जस्तो गरी सजिलो बाटो अपनाएर महानगरपालिकावाट स्रोत हत्याउने चलनलाई प्रथामिकता दिन खोजेको सहजै देखिन्छ । भने अर्काथरी त्यहाका स्थानीय भनिएका ठेकदारहरुले उनिहरुले तोकेको दरभाउमा त्याहाको ढुङगा, गिट्टी, बालुवा किनीदिनु पर्ने जस्ता सर्तहरु आएको महानगरपालिकाले गएको हप्ता रोलर र ट्रक जलाएको घटनापछि सार्वजानिक भएको थियो । त्याहा प्राविधिक उपकरणमा भएको क्षति र महानगरपालिकाले जारी गरेको बिज्ञप्तिलाई आधार मान्दा पनि काठमाडौ महानगरको फोहोरमा राजनीति भएको सहजै अनुमान लगाउन सकिन्छ ।

जनताको प्रत्यक्ष जीवनमा नै असर गर्ने फोहोर मथिको राजनीति सदाको लागि बन्द गरौ जिम्मेवार नागरिको भूमिका निर्वाह गरौ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend