logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल र चीनको सम्बन्ध सुधार हुनुपर्छ


  • जन आकाश
  • मंगलबार, साउन ३१ २०७९

नेपाल र चीनको दौत्य ईतिहाँस सन् १९५५ अगस्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध शुरु भएको हो । त्यस बर्षलाई आधार मान्दा ६७ वर्ष भईसकेको छ ।



त्यतिमात्र होइन छिमेकीको सम्बन्ध चीनसँग नेपालको युगौयुग देखि रहेको पाइन्छ । अभिलेख राख्ने र हस्तक्षर गर्ने चलन पछि आएको हुनाले मात्र सन १९५५ मा भएको हो भन्ने भनाई ईतिहास पढेका र बुझेका विज्ञहरुको रहेको छ ।

अर्को नेपालका हिमाली क्षेत्रका र चीनका स्वसाशित क्षेत्र तिब्बतका हिमाली क्षेत्रका नागरिकहरु त अहिले पनि एक अर्काको भुमिमा सीमा वारपार गरेर सँगसँगै चौरी र भेडा बाख्राहरु चराउछन् यस खालको भौगोलिक समानता र मानवीय एकता पनि छ । चीन र नेपाल एक अर्काको देशप्रति कहिल्यै नकरात्मक सोच राख्दैनन् ।त्यसैले चीन र नेपालको कुनै अहिलेसम्म अपृय घटना भएका छैनन् । कहिलेकाही यदाकदा समस्या आएमा तत्कालै दुवैपक्षले सत्यतथ्य हेरेर सावधान गर्दै आएका छन् ।

तर पछिल्लो केही महिना देखि नेपाल र चीनको बीचमा प्रत्यक्ष नदेखिए पनि अप्रत्यक्ष रुपमा सम्बन्धमा समस्या आएको सहजै महसुस गर्न सकिन्छ । त्यो अन्तराष्ट्रिय प्रभावको रुपमा देखा परेको हो । अमेरिकी परियोजना एमसिसि नेपालले पास गर्नु एसपीपी योजना अगाडी बढ्नु रुस र युक्रेनको युद्धमा नेपालले युक्रेनको पक्षमा मतदान गर्नु जस्ता पछिल्ला अन्तराष्ट्रिय अमेरिकन शक्तिको प्रभाव नेपालमा देखिनुले चीनको केन्द्रीय कुटनीतिले नेपाललाई शंकाको दृष्टिले हेरेको भान भईसकेको छ ।

विश्वका प्रतिस्पर्धी चीन र अमेरिका आफ्ना योजनाहरुमा कटिबद्ध छन् त्यसको लागि उनिहरुले ल्याउने योजना नेपाल जस्ता साना र अल्प विकसीत राष्ट्रहरुको लागि निक्कै अप्ठ्यारो हुने गर्छ । देशका कार्यकारी प्रमुखहरुले कुटनैतिक रुपमा बुद्धि पु¥याउन सकेनन् भने साना र अल्प विकसित मुलुकहरुको लागि निक्कै डरलाग्दो बिषय बन्न सक्छन् ।

त्यस्तै मारमा अहिले नेपाल परिरहेको छ । अमेरिकी परियोजना नेपालमा लागु भएपछि चीनको नाकाहरुवाट नेपाल आउने सामान विगतका तुलनामा कम आएका छन् ।नेपालवाट नि¥यात हुने घरेलु सामानहरु चीनले लिन छाडेको छ । चीनले प्रत्यक्ष औपचारिकता नदिएको भएपनि व्यवहारमा नेपालसँगको सम्बन्ध बिगतको जस्तो निरन्तरता देखिदैन । त्यसकारण चीनसँगको सम्बन्ध नेपालको बिग्रको मान्न सकिन्छ । यो दुवै देशका लागि हितकर होइन ।

चीनको नाकावाट चीनिया ब्यापारीहरुले पठाउने सामानहरु भाउ बढाएर पठाउनु त्यो पनि कम पठाउनु, चीनसँग नाका जोडिएका क्षेत्रहरुवाट सामान नपठाएर भारतको बन्दरगाहवाट घुमायर सामान पठाउनु, रुसले भारत र चीनलाई दिएको मूल्यमा तेल नेपालले महगोमा किन्नुपर्ने बाध्यताले नेपाललाई अफ्ठ्यारो परेको बिषयमा रुस र चीन युक्रेनको युद्धमा एकै खेमामा भएको हुनाले नेपाल को पक्षमा नबोल्नु जस्ता कारणहरु हेर्दा चीनको नेपाललाई हेर्ने दृष्टिकोणमा फरक देखिन थालेको छ ।

यसले नेपाल र चीनको सम्बन्ध खुम्चिएको भान हुन्छ । त्यसैले यसरी बिग्रदै गएको चीन र नेपालको सम्बन्ध दुवै देशले एक अर्कामा भएका कमी कमाजोरीको समिक्षा गरेर सम्बन्ध सुधार गर्नुपर्ने देखिन्छ ।

शक्ति राष्ट्र अमेरिका र चीनको प्रतिष्पर्धामा नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर शक्ति राष्ट्र दुवैलाई आफ्नो अप्ठ्यारो बुझाउन कुतनैतिक पहल गर्नुपर्छ । अमेरिका होस् वा चीन दुवैलाई लागेका शंकाहरु सत्य होइनन् ।

उनिहरुले अमेरिकालाई नेपालमो भुमिवाट चीन विरुद्ध काम गर्न नदिने र चीनलाई पनि अमेरिका बिरुद्ध नेपालवाट काम गर्न नदिने विश्वास गराउने गरी चनाखो भएर नेपालले यतिखेर काम गर्नुपर्ने देखिन्छ । यिनै बिषयमा आधारित भएर नेपाल चीनको बिग्रर्दै गएको सम्बन्ध सुधार गर्नुको विकल्प छैन । सम्बन्धित निकायको ध्यान जाओस् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend