logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

किन दिए साझा पार्टीका प्रबत्ताले राजिनामा


  • जन आकाश
  • बिहिबार, भाद्र २ २०७९

काठमाडौ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन्।



पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। तर विवेकशील पार्टीका रचनाकार उज्वल थापाको कोरोनाकालमा रहस्यमय मृत्युपछि विवेकशील साझा पार्टीमा विस्तारै विचलन आउन थालेको सहजै अनुमान लगाउन सकिन्छ । नेतृत्व गर्ने शैलीले धेरै कुराको अर्थ राख्छ भन्ने भनाई विवेकशील साझामा पनि लागु नहोला भन्ने आधार अरु भेटिदैन ।

को हुन पाठक ? चितवनमा जन्मेका पाठक सागठानिक क्षमता राख्ने एक कुशल व्यक्ति हुन उनले साझा पार्टी स्थापना हुदानै प्रवत्ताको जिम्मेवारी सगालेका थिए । पछि साझा पार्टी विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो। पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका थिए।

युवा जोसका साथ पार्टीमा काम गरिरहेका पाठक नैतिकता प्रति निक्कै सवेदनशील छन् । उनले अहिले नयाँ कार्यसमितिलाई सहज होस् भनेर राजिनामा दिएको उल्लेख गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend