logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापको एगमफेदीमा बाढीले चार घर बगायो


  • जन आकाश
  • शुक्रबार, भाद्र ३ २०७९

रामेछाप/गोकुलगंगा ।



रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन २ एगमफेदी खत्री टोलमा भदौ २ गते बेलुका ५ बजे आएको ठाडो खोलाको बाढीले ४ घर बगाएको छ ।

गोकुलगंगा गाउँपालिका वाडन २ का वडाअध्यक्ष सुन्दर कार्कीका अनुसार, ज्ञान बहादुर रोक्का, सन्तोष रोक्का, पुर्ण रोक्काको घर पुरै बगायर खिम्ती खोलामा मिसाइदिएको छ । भने हरि खत्रीको किचन बगाएको धनलक्ष्मी गुरागाईको ३ वटा बाख्रा बगाएको र अन्य केही घरहरुमा सामान्य क्षति पुगेको जानकारी वडा अध्यक्ष कार्कीले दिएका हुन् ।

अरुबेला खासै त्यति ठुलो नहुने खोल्सोको रुपमा मात्रै रहेको रवाङडोक खोल्सामा केही बर्ष अगाडी शिवलयवाट कोप्चे हुदै डाडागाउँलाई यातायात जोड्न माथिवाट ट्रयाक खोलिएको थियो र त्यो ट्रयाक खोल्दा पाखाको माटो खसेर खोल्सामा थुप्रिएको र सोही माटोले माथिवाट बर्षामा झरेको पानीलाई थुनेर जम्मा भई एक्कासी बाढीको रुपलिदा भौतिक क्षति भएको हो । धन्न मानवीय क्षति भएन ।

गोकुलगंगाका गाउँपालिकाका शिवलय, एगमफेदी बाढी जोखिम क्षेत्रहरु नै हुन् । तर शिवलय पछि बसेको बस्ति भएपनि एगमफेदी खत्री टोल परापुर्वकाल देखिनै बस्तीको रुपमा रहेको गाउँ हो ।

त्यसैले वाटोहरु बनाउदा तलवाट पर्खाल उठाएर माथिवाट निस्केको माटोलाई पर्खालको खोचनमा हालेर वातावरण नविग्रने गरी बनाउन सकेको भए यस्तो खालको समस्या आउदैन थियो होला ।

त्यो काम गाउँपालिकाका इन्जिनियरहरुले नै विगतमा सुझाव दिएर काम गर्नुप¥थ्यो त्यसो गरेनन् । आउदा दिनमा यस्तो घटना घटन नदिन सम्बन्धित निकायहरुले वेलैमा सोच्नुपर्छ । विस्थापित भएका घरपरिवारलाई तत्कालै व्यवस्थापन मिलाउन ढिलो गर्नुहुदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend