जन आकाश
रामेछाप । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का र उपाध्यक्ष उषा कार्की वाडन २ को खत्री गाउँमा बाढी पीडितलाई सहयोग गर्न पुगेका छन् । उनिहरुको नेतृत्वमा बाढीवाट प्रभावित भएको मुख्य राजमार्ग समेत खोलिएको छ ।
अध्यक्ष,उपाध्यक्ष तथा सम्पुर्ण पालिकाका टिमहरु घटनास्थल पुगेर बाढीले बगायर ल्याएका मुढा, ढुङगा पन्छाइ दुबै तर्फ बाटो सुचारु गराएका छन् भने विस्थापिट परिवारलाई अस्थायी पालसमेत टागेर बस्ने व्यवस्था मिलायका छन् ।
पालिका उपाध्यक्ष उषा कार्कीको पहलमा रामेछाप रेडक्रसको टोलि बाढी पीडित क्षेत्रमा पुगेर राहत वितरण समेत गरेका छन् । उनिहरु ३ गते विहानैवाट घटनास्तल पुगी विस्थापित बाढी पीडितहरुलाई अस्थायी बसोबासको लागि दिनभरी खटेर काम गरेका थिए भने राजमार्ग खुलाउन पनि उत्तिक्कै मेहनत गरेको देखिन्थ्यो ।
यसरी जनतालाई परेको समस्या तत्कालै तत्कालै सावधान गर्न खटेको देखेर सवैले गोकुलगंगाका जनप्रतिनिधिहरुको प्रशंसा गरेका थिए । त्यसैगरी स्थानीयहरुको सहभगितामा काम भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend