जन आकाश
काठमाडौ । नेपाल कुचो सघको साधरणसभा सम्पन्न भएको छ। काठमाडौको कुमारीगालस्थित ज्योति पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरि उदघाटन शत्र सम्पन्न भएको अहिले दोश्रो शत्रमा अधिवेशन भइरहेको कुचो सघका कार्यालय सचिव युवाराज सुवेदिले जानकारी दिएका हुन।
सुवेदिका अनुसार,कार्यक्रमको सभापति नेपाल कुचो सघका अध्यक्ष राजकुमार कार्की, उद्योग बाणिज्य सघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख अतिथि, इलाम नगरपालिकाका मेयर केदर थापा, गोकर्णेस्वर नगरपालिकाका मेयर दिपक रिसाल, त्यसैगरी अतिथिहरुमा ब्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक सरोज बिक्रम राणा, नेपाल उद्योग बाणिज्य महासघका उपाध्यक्ष अन्जन श्रेष्ठ,नेपाल उधोग बाणिज्य महासघ केन्द्रीय सदस्य नरेसलाल श्रेष्ठ,उमेशलाल प्रधान, हेमराज ढकाल, भक्त बहादुर हमाल, सुमित केडिया, अलैची व्यवसायी महासघका अध्यक्ष निर्मल भट्टराई , नेपाल फ्रेड फरवार्डस एसोसिएसनका अध्यक्ष मनोज अधिकारी, रुद्राक्ष व्यवसायी सघका अध्यक्ष मनोज चापागाईं, नेपाल हब्स तथा हर्बल उत्पादक सघका अध्यक्ष प्रेमराज तिवारी लगायतको अतिथि र नेपाल कुचो सघमा आवद्ध सदस्यहरु, संचारकर्मिहरुको उपस्तिथिमा कार्यक्रम उदघाटन भएको हो।
दोश्रो बन्द शत्र सुरु भइहरेको छ। आज नै अधिवेशनले नया कार्यसमिति चयन गर्ने जानकारी कार्यालय सचिव युवराज सुवेदिले जनाअकाश साप्ताहिकलाई जानकारी दिएका छन।
कार्यक्रमको सन्चालन सुस्मा पौडेल भण्डारीले गरेकी थिइन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend