logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कांग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीर दिउँसो नेपाली काँग्रेस पार्टी कार्यलयमा राखिने


  • जन आकाश
  • आइतबार, भाद्र ५ २०७९

 



काठमाडौं । नेपाली कांग्रेसका विचारक नेता प्रदीप गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

 

गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।

 

बिहान साढे ११ बजेदेखि दुई बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने नेपाली काँग्रेस पार्टी कार्यलयले जानकारी दिएको छ ।

 

प्रतिनिधिसभा सदस्य गिरिको दुई सातादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । भारतमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल आएका गिरीलाई निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

गिरी नेपालमा प्रजातान्त्रिक धारका बौद्धिक, निष्ठावान, त्यागी, इमानदार नेताको रुपमा चिनिन्थे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend