logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाली उपभोक्ता संरक्षण महासंघको उपमहासचीवमा कार्की


  • जन आकाश
  • बुधबार, भाद्र ८ २०७९

 



काठमाडौ । कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता भन्ने मूख्य नारा सहित गृह मन्त्रालय मार्फत उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापीत नेपाली उपभोक्ता संरक्षण महासंघले पूर्णता पाएको छ ।

महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गरेको हो । गत साउन २६ गते सम्पन्न अधिबेसनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्बाचित गरेको छ । तिनै निर्बाचीत सदस्यहरुबाट पदाधिकारी चयन गरेको नबनिर्बातित उप महासचिब लुमडी बहादुर कार्कीले जानकारी दिएका छन् ।

उपभोत्ता संरक्षण महासंघको अध्यक्षतामा चन्द साउद बरिष्ठ उपाध्यक्षमा इन्द्र राज भट्टराई उपाध्यक्षमा लक्ष्मी शर्मा, मनोज अधिकारी, सुमन लामा, सुरेन्द्र जोशी,अजुन श्रेष्ठ, अर्जुन खड्का, र अजय महतोलाई जिम्मेबारी दिएको छ भने उपमहासचिबमा लुमडी बहादुर कार्की र सोनाम लामा तथा सचिबमा उज्जल श्रेष्ठ, बिजय गौतम, समिर राना, सोबितमान गिरी, रोहीत बहादुर खत्रीलाई चयन गरेको छ ।

कोषाध्यक्षमा रोयक्क्षा केसीलाई चयन गरेको छ । महासचिब र सहकोषाध्यक्ष भने चयन हुन बाँकी रहेको उप महासचिब लुमडी बहादुर कार्कीले जानकारी दिएका हुन् । नेपाली उपभोत्ता संरक्षण महासंघको प्रथम एतिहासिक राष्ट्रिय महाधिबेसनको उद्धाटन महानायक राजेश हमालले गरेका थिए ।

अध्यक्ष चन्द्र साउदले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्ब–साधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघले अल्पकालिन र दिर्धकालीन कार्यक्रम संञ्चालन गर्ने जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend