जन आकाश
काठमाण्डौ । मातृशक्ति (महिला)हरुलाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन ।
आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको थियो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको उल्लेख गर्ने गरेको छ ।
भंगहा नगरपालिकाका विभिन्न वडाहरुबाट सहभागी प्रशिक्षार्थीहरुलाई भाद्र ६ गते कार्यक्रम नै आयोजना गरी बिच विश्व हिन्दू परिषद् नेपालका ट्रष्टी ओम प्रकाश सर्राफ, महोत्तरी जिल्ला अध्यक्ष वृजेश झा एवं धनुषा जिल्लाका पूर्व अध्यक्ष श्री रघुनाथ साहको हातबाट प्रमाणपत्र प्रदान गरिएको विश्व हिन्दु परिषदले जानकारी दिएको हो ।
तालिम दिने प्रशिक्षक महिमा सिंह एवं एकल विद्यालय अभियानका स्थानीय संच प्रमुख रामपरी राम रहेका थिए उनिहरुलाई महिलाहरुलाई सशक्तिकरण गर्न योगदान पु¥यायको भन्दै सम्मान पत्र सम्मानित गरिएको थियो ।
कार्यक्रममा विश्व हिन्दू परिषद्का तर्फबाट प्रदेश संगठन सचिव धनुषधारी पाण्डे, महिला प्रमुख सुनिता देवी ठाकुर, धनुषा जिल्ला उपाध्यक्ष अमन प्रसाद गुप्ता लगायत स्थानीयहरु सहित करिब १०० जनाको सहभागिता रहेको उल्लेख छ ।
आगामी दिनमा महोत्तरीको औरही नगरपालिकामा समेत सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गरिने परिषद्का प्रदेश संगठन सचिव धनुषधारी पाण्डेले बताउनु बोल्ने क्रममा बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend