जन आकाश
ललितपुर । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ । अस्पतालले भदौ ९ गते उक्त योजना सार्वजनिक गर्दै महिलाहरुलाई छुट दिन लागेको बताएको हो ।
महिलाहरुलाई केन्द्रित गरेर यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।
अस्पतालले सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौं, अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार अस्पतालका ओपिडी सेवा आएका सबै महिलाहरुलाई २० प्रतिशतसम्म छुट हुन्छ,
यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने केसीले जानकारी दिएका छन् ।
ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ । अल्का अस्पतालको आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिक पनि सञ्चालमा छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend