logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

काठमाडौमा बालेन एक्सनमा हजारौको बिचल्ली


  • जन आकाश
  • शुक्रबार, भाद्र १० २०७९

काठमाडौ । काठमाडौ महानगरपालिकामा कतावाट फुत्त हेलिकप्टरवाट खसालिएका र काठमाडौ महानगरपालिकाको मेयर बनाइएका बालेको चर्चा चुनाव पछि पुनः बढ्न थालेको छ ।



महानगरभित्रका बासिन्दालाई झण्डै चार महिनादेखि फोहोरको डङगुर थुपारेर गन्ध सुगाउदै कतिले हैजाको कारण मुत्युको मुखमा पु¥याएका मेयरले अर्को गजवको काण्ड घटाएका छन् । थोरै भएपनि रोजगारी गरिरहेका मानिसहरुको रोजगार खोसेर अर्को कमाल गरिरहेका छन् ।
भारतीय मुलका व्यापारीले अनाधिकृत रुपमा सञ्चालन गरेका पसलमा उनको आखा पुगेको छैन । तर काठमाडौकै स्थानीय वासिन्दा र विशेष गरेर पाहाडी मुलका जसको पाहाडमा आम्दानीको स्रोत पनि कम भएका क्षेत्रवाट कनिकुथी थोरै पैशा रिन गरेर दुख गरि जाहान पाल्छु भनेर व्यवसाय गरेका मानिसमाथिको नगर प्रहरीले वा नगरपालिका भित्रका हप्ता उठाउने कर्मचारीहरुले विगतमा उठाउदै आएको हप्तवरी नपाएको झोकमा तिनैको कुरा सुनेर गरिखाने बर्गमाथि गरेको अत्याचारले सीमा नाघेको छ । यिनै बिषमा डका पिट्दै हिड्ने खल्तीमा मिडिया बोकोर हिडिरहेका गजडेहरु बालेनले दिशा गरेको देखे पनि खिर खाएको सम्झनेहरु वाहावाह गर्दैछन् । यो नेपाली समाजको डुब्लीकेट ऐना हो एक ढुङगामा झ्या¥याम्म झुरुम्म हुन कति बेर लाग्दैन ।

काठमाडौ अव गरिखानेहरुको शहर नभएर युरोपियन, अमेरिकन, चाइनिज, भारतीय, पाकिस्तान, अरवियन एजेन्टहरु बस्न सक्ने र जसले काम गर्नुपर्दैन उनिहरुले घुमेर, आफ्नै देशको सूचना अर्काको देशलाई बेच्ने मोटो रकम लिने गर्छन् उनिहरु मात्रै बस्न सक्ने गरी नीति बनाउन तल्लीनहरुले बनाउदै लगेको नीतिमा ¥यापर मेयर पनि हिडेका देखियो ।

दिनानु दिन त्यस्तै मानिसहरु जो कर्मचारी तन्त्रमा समावेश तर माथि उल्लेख गरिएका शक्ति केन्द्रको वाहाल रहदा पनि काम गर्ने र रिटायर्ड भएपछि पनि त्यस्तै अनैतिक काम गर्नेहरुको थलो बन्दै गएको दिनानु दिन बढेको महगी, भ्रष्टचार तर वास्तविक भ्रष्ट्रचरीलाई कारवाही गर्ने होइनकी शक्ति केन्द्रले भनेको नमान्ने खालका मानिसलाई कसैलाई जर्वजस्ती खल्तीमा पैशा हालिदिएर, कसैलाई फोटो खिचाएर जर्वजस्त भ्रष्ट्रचारी बनाउने र वास्तविक भ्रष्ट्रचारीहरु चै मिडियालाई,गुण्डालाई , प्रहरीलाई, सरकारमा रहेको पार्टीलाई पैशा बाडेर असल बनेको देखाईरहने चलन नेपालको पुरानै हो ।

त्यस्तै पुरानै चलनको चलन चलाउदै आएका माफियाहरुले हेलिकप्टरवाट फुत्त झारेका ¥यापर मेयर बालेन्द्रलाई उनिहरुले नै ल्याएको हुनाले अव गरिखाने नेपाली वर्गको होइन पैशा खर्च गर्न सक्ने अपार्टमेन्ट खोल्न सक्ने विदेशी एजेन्टहरुको मात्र काठमाडौ महानगरपालिका बन्दै गएको छ ।

२०७९ वैशाखमा ३० गते भएको निर्वाचनको मत पेटिकाको अनुसन्धान गर्नुपर्ने माग अव काठमाडौ बासीहरुले गर्नेकी नगर्ने ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend