जन आकाश
रामेछाप । रामेछाप जिल्ला लिखु तामाकोसी गाउपालिका वडन ५ तिलपुङ डाडा बस्ने बर्ष २३ का भक्त बहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ। मन्जु तामाङको जाहेरीले वादी नेपाल सरकार भएको डाका मुद्दामा कैद फैसला भएका तामाङलाई २०७७ चैत ३०गते जिल्ला अदालत मन्थलीले ६ बर्ष ११ महिना २० दिन कैद र ७० हजार जरिवाना गरेको थियो ।
उक्त डाका मुद्दामा कैद फैसला भइसकेका तामाङ फैसला थाहा पाइसकेपछी लुकिछिपी बस्दै आएको र उनको खोजिमा प्रहरी कार्यालय धोवि लागेको र धेरै मेहनत पछि प्रकाउ गर्न सफल भएको प्रहरी कमान्डर धोविका जट्टाशकर यादवले जानकारी दिएका हुन ।
उनका अनुसार मन्थली नगरपालिका वाडन १ वाट तामाङलाई पक्राउ गरि आजनै जिल्ला अदालतमा बुझाइएको पनि यादवले जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend