logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दरखाने दिन आज, भोली तीज


  • जन आकाश
  • सोमबार, भाद्र १३ २०७९

 



काठमाडौ । नेपाली नारीहरुको महत्वपुर्व पर्व तीजको अघिल्लो दिन सोमबार आज दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ।

दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन्।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए।

अचेल दरका नाममा महिना दिनअघिदेखि पार्टी प्यालेसमा पार्टी गर्ने भड्किलो र खर्चिलो बनाउने गर्ने गरेको चलनले नेपाली संस्कृतिलाई बिकृति तर्फ लगेको प्रति संस्कृतिविदहरुले चिन्ता प्रकट गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend