logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कृषि कम्पनी लिमिटेडले चौथो बार्षिकोत्सव भव्य गरी मनाउदै


  • जन आकाश
  • सोमबार, भाद्र १३ २०७९

 



 

काठमाडौ । मुक्तिनाथ कृषि कम्पनीले चौथो बाषिकोत्सव भव्य बनाउदैछ । भदौ १४ गते मंगलवार काठमाडौको ईदे्रनी फुटल्याण्ड बसुनधारामा उदघाटन गराई कम्पनीले गरेका प्रगती र नेपालको कृषि क्षेत्रमा गर्न सकिने कामको वारेमा जानकारी दिइने कम्पनीले जानकारी दिएको छ ।

“कृषकसँग मुक्तिनाथ” र “उपभोक्तासँग मुक्तिनाथ” अभियान मार्फत कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरी नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैङ्क सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा वि. स. २०७५ सालमा स्थापित कृषि क्षेत्रको अग्रणी पब्लिक कम्पनी भएको उल्लेख गरेर उक्त कार्यक्रम राखेका जनाएको छ ।

चौथो स्थापना दिवसको अवसरमा कृषिमा विश्ष्टिकृत वस्तु तथा सेवाहरु प्रदान गरी समग्र कृषि मुल्य श्रृंखलामा व्यवस्थापकीय भुमिका निर्वाह गर्ने अभिप्रायले स्थापना भएको र बीउ, मल, नर्सरी, जडिबुटि, खाद्यान्न, एग्रो मेशिनरी, पशुपन्छि र टे«डिङ्ग व्यवसायसंग सम्बन्धित ८ (आठ) वटा सहायक कम्पनीहरुको औपचारिक उद्घाटन समारोह राखेको कम्पनी सचीवले जानकारी दिएका छन् ।

यस कम्पनीका अध्यक्ष भरतराज ढकाल रहेका छन् । उनको नेतृव्वमा कृषि कम्पनीले छोटो समयमा कृषि क्षेत्रमा लगानी गरेर नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने काम भएको देखिन्छ । थप आठवटा साहायक कम्पनीले कृषि क्षेत्रमा काम गर्दा नेपालका थुप्रै किसानहरु लाभान्वित हुने सम्भावना देखिन्छ । मुक्तिनाथ विकास बैकको सफलता पछि भरतराज ढकालले कम्पनीलाई पनि त्यतिकै रुपमा सफलदायी भूमिका निर्वाह गरिरहेका छन् । भरतराज ढकालले व्यवस्थापकीय सफलता हाशिल गर्न सक्ने सफल व्यवसायी भएको भनेर अन्तराष्ट्रिय पदकले समेत पुरुस्कृत भइसकेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend