logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिटी एक्सप्रेसको दशैं तिहारलाई गोल्डेन बनायोे” योजना सार्वजनिक


  • जन आकाश
  • सोमबार, भाद्र १३ २०७९

 



 

काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार “बिदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे” अफर भदौ १५ गते देखि कार्तिक १५ गतेसम्म लागू उल्लेख छ । उक्त अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् भनि उल्लेख गरेको छ । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने उल्लेख छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको कम्पनीले उल्लेख गर्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend