logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

श्री गणेशको महापुजा भव्य हुदै, कमलादी गणेशस्थानमा श्रद्धालुहरुको भीड


  • जन आकाश
  • बुधबार, भाद्र १५ २०७९

 



काठमाडौ । आज श्री गणेशको जन्मदिन रुपमा लिइन्छ । आजको दिन बिभिन्न गणेश मन्दिरहरुमा गणेशको भव्य पुजा गर्ने चलन रहदै आएको छ । काठमाडौको कमलादीस्थित सवैभन्दा पुरानो गणेशको मन्दिर भएको हुनाले आजकै दिन अर्थात श्री गणेशको जन्म दिनलाई विशेष पुजा गरेर मनाउने गरिदै आएको छ ।

परापूर्वकालदेखि नै पुजा आज गर्दै आएको गणेशस्थसानमा बिशेष पुजा नै गरेर मनाउने निर्णय गरी यो भन्दा चारबर्ष अगाडीवाट कमलादीस्थित गणेशस्थानमा महापुजा गर्न थालिएको थियो । यो बर्ष श्री गणेशको चौथो महापुजा चलिरहेको छ ।

महापुजा गरी पुण्य कमाउन बिहानै देखि भक्तजनहरुको घुइचो लागेको छ । उक्त क्षेत्रलाई व्यवस्थित गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी श्री गणेश मन्दिर गुठीका स्व्यम सेवकहरु त्यहा खटिएका देखिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend