logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाल व्यापार संघमा महिलाहरुले सामुहिक तीज मनाए


  • जन आकाश
  • बुधबार, भाद्र १५ २०७९

काठमाडौ । नेपाल व्यापार संघका व्यवसायी महिलाहरुले पनि सामुहिक तीज कार्यक्रम आयोजना गरी तीज मनाएका छन् ।



काठमाडौको सास व्याङब्यूट विशाल बजारमा १३ गते भएको कार्यत्रममा नेपाल ब्यापार संघका अध्यक्ष हरि बहादुर गौतमको सभापतित्वमा र पार्वती पोखरेल भट्टको संयोजकत्व तथा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख अतिथिमा साथै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की बिशेष अतिथि, अतिथिहरुमा कुशुम महर्जन नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष, बीना श्रेष्ड नेपाल राष्ट्रिय ब्यवसायी महासंघका सचीवालय सदस्य लगायत व्यवसायीहरुको सयौको उपस्थितिमा कार्यक्रम भएको थियो ।

भने व्यवसायसँग सम्बन्धित महिलाहरुलाई सम्मान पत्र समेत प्रमुख अतिथिको हातवाट प्रदान गरिउको थियो । भने कार्यक्रमका सभापति हरि बहादुर गौतमको हातवाट प्रमुख अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमा शुभकामना आदान प्रदान गरी हर्सोल्लासकासाथ मनाइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend