logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कृषि कम्पनीको आठ साहायक कम्पनीको घोषणा


  • जन आकाश
  • बिहिबार, भाद्र १६ २०७९

मोहन कार्की ।



काठमाडौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष सहित एकैपटक मुक्तिनाथ सिड बैङ्क लि, मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क लि., मुक्तिनाथ लाईभस्टक बैङ्क लि., मुक्तिनाथ हर्बल बैङ्क लि., मुक्तिनाथ फूड बैङ्क लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि.गरी ८ (आठ) वटा सहायक कम्पनीहरुको एकैपटक उदघाटन गरेको छ ।

मितिः २०७९ भाद्र १४ गते यति पार्टी प्यालेस बसुनधारामा बार्षिकोत्सवको उदघाटन गरिएको थियो । कम्पनीको स्थापना त्यसको उदेश्य, भावी योजनाहरु कम्पनी सचीव रामशरण तिमिल्सििताले पेश गरेका थिए भने कम्पनीको नेतृत्व गरेका भरतराज ढकालले कम्पनीको त्यो अवस्थावाट यो अवस्थासम्म आइपुग्न सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए ।

कम्पनीका सञ्चालकहरु, मुक्तिनाथ विकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल, कार्यक्रमको सभापति सिताराम काफ्ले लगायतले कम्पनीको वारेमा प्रकाश पारेका थिए । कम्पनीका अध्यक्ष भरतराज ढकालको वारेमा सिताराम काफ्लेले खुलेर प्रसंशा गरेका थिए । बैकको सिइओको जागिर छोडेर दुखः गर्न कृषि कम्पनी खोल्न जानु भनेको चानचुने बिषय नभएको तर आज उहाले गरेको मेहनतवाट आठवटा साहायक कम्पनी स्थापना गर्न पाउदा गर्वको बिषय भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका थिए ।

देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र (Agriculture Ecosystem) बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा कृषि कम्पनीले गरेका विगतका घटनालाई विवरणमा उल्लेख गरि भिडियो सहित देखाईएको थियो । त्यसैगरी नेपाल हिमाल, पाहाड, तराई तिनै खालका हावा पानी नेपाल देशमा भएको हुनाले तिनै खालका उत्पादन हामीले दिन सक्ने आधारहरु रहेको सम्भावनाको आधार पेश गरिएको थियो ।

बक्ताहरुले नेपालका बित्तिय क्षेत्रको लागि राष्ट्र बैक स्थापना भएजस्तै कृषिको लागि कृषि कम्पनी लि. पनि त्यस्तै देशको कृषिको मेरुदण्ड हुन सक्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend