जन आकाश
काठमाडौ । Force Motors को आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा ग्राहकवर्गलाई ध्यानमा राखी कुनै पनि गाडीको खरीदमा उपहारको वर्षा लिएर आएको छ ।
उसले सार्वजनिक गरेको उपहार योजना अन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टि.भि., स्मार्ट फोन लगायतका उपहारहरुको वर्षा ल्याएको छ । यस अफर भाद्र १५ देखि लागु भई छट पर्व अर्थात २०७९ कार्तिक १३ गतेसम्म लागु हुने उल्लेख गरेको छ ।
बिगत ८ वर्ष देखि Force Motors Limited ले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ ।
आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैहिृधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरीमा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा , झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत Force Motors का गाडीहरु बिक्रीवितरण गर्दै आइरहेको छ ।
उक्त दशैं तिहार अफरको फाइदा उठाउन ग्राहकवर्गले आफुलाई पायक पर्ने स्थानमा गएर सेवा लिन आग्रह गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend