logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

केन्ट आर.ओ.को दशै तिहार २०७९ अफर सार्वजनिक


  • जन आकाश
  • सोमबार, भाद्र २० २०७९

काठमाडौंः ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “केन्ट आर.ओ. दशैं तिहार, हरेक खरिदमा उपहार” भन्ने नारासहित जारी गर्दै अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सि. जी.ब्रान्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप प्रदान गर्ने उल्लेख गरेको छ ।



उक्त ग्राहक योजना भाद्र १३, २०७९ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको उल्लेख छ ।
सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ ।

यसैले, आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ । त्यसैले केन्टमा त्यस्तो प्रविधि जडान गरिएको उल्लेख छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणु नाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध रहेको उल्लेख गरी बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend