जन आकाश
मोहन कार्की ।
काठमाडौ । प्रदेश÷प्रतिनिधिसभा निर्वाचनको नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्नो गतिविधि तिब्र पारिरहेका छन् । सभा,भेला, गोष्ठी र जिल्ला जिल्लामा को नेता बन्ने होड देशभरी चलिरहेको छ । असल र सक्षम नेतृत्व जनताले चुन्न पाउने अवसर यहि हो भने पार्टीहरुले असल, सक्षम, योग्य, दक्ष नेतृत्व जनतामा पठायर जनताको मत लिई पार्टीको नीति कार्यक्रम जनताको लागि जनतामानै लागु गर्न पाउने स्वर्णीम अवसर पनि हो । यस्तो अवसर नेपालको संविधान अनुसार ५ बर्षमा मात्र आउने गर्छ । २०७२ सालमा नयाँ संविधान जारी भइसकेपछि दोस्रो आवधिक निर्वाचन हुदैछ ।
यही समयमा नेकपा मालेलाई निर्वाचनको माहोलले नछुने कुरै भयन । त्यही भएर निर्वाचनको लागि एकदिन पोलिट व्यूरोको बैठक, अर्कोदिन स्थाई कमिटीको बैठक र त्यसैको भोलिपल्ट अर्थात भाद्र १९ र २० गते केन्द्रीय कमिटीको बैठक बसी निर्वाचन केन्द्रीत छलफल गरी नेकपा माले पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विकास गर्ने अजेन्डा तयार गरेका छन् ।
बैठकमा पोलिट व्यूरोले गरेका निर्णयहरु केन्द्रीय कमिटीमा राखि अनुमोदन गर्दै पार्टीका महासचीवले राखेका राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो । राजनीतिक प्रतिवेदनमा राष्ट्रिय–अन्तराष्ट्रिय बिषय समावेश भएपनि निर्वाचनकै बिषयले प्रथामिकता पाएको थियो । देशभरीवाट आएका केन्द्रीय सदस्यहरुको नेकपा माले पार्टीलाई राष्ट्रिय पार्टी कसरी बनाउन सकिन्छ भनेर जोड दिएका थिए ।
विगतका तिता–अनुभव र वर्तमानमा पार्टीले खेल्नुपर्ने भुमिकाका बिषयमा निक्कै चासो र चिन्ताका साथ केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । माथिल्ला पदहरुमा रहेका सवै केन्द्रीय कमिटीका सदस्यहरु अनिवार्य प्रत्यक्ष निर्वाचन जानलाई बहुमत सदस्यले माग गरेका थिय जसमा महासचीव चन्द्र प्रसाद मैनाली अर्थात सिपी मैनालीले झापाको क्षेत्र न. २ वाटा प्रतिनिधिसभाको लागि निर्वाचनमा जाने देखि लियर कैलालीका सिता चौधरीसम्म निर्वाचनमा जान उच्च मनोवल बोकेर फील्डमा उत्रने भएका छन् भनि पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवत्ता कुमार वेलवासेले जानकारी दिएका हुन् ।

वेलवासेकै अनुसार , पहिलो बुदामा नै १९ सदस्य निर्वाचन परिचालन कमिटी बनाईएको जसको नेतृत्व महासचीव सिपी मैनालीले नै गर्ने र संयोजक स्थाई कमिटी सदस्य कुमार वेलवासेले गर्ने गरी टिम बनाएको छ । सदस्यहरुमा खगेन्द्र प्रसाई, कृष्ण राना, दिनानाथ घिमिरे, निलम केसी, रामचन्द्र गुप्ता, राम प्रसाद चौलागाई, तँ बहादुर विश्वकर्मा, भगवती घिमिरे,मान वहादुर शाही, मनशोभा पाण्डे,केदार गिरी, खेम विक, खिम बहादुर शिवाकोटी, विवेक वाइवा, सुर्य रेग्मी,महेन्द्र शाह, माधव केसी, सुलोचना महर्जन रहेको कमिटी बनेको बेलवासेले जानकारी दिएका हुन् ।
त्यसैगरी पार्टीले विचार मिल्ने र साना ठुला दलहरुसँग वार्ता गर्ने र निर्वाचनमा तालमेलमा जानको लागि वार्ता टोली गठन गरेको छ ।
जसमा महासचीवको नेतृत्वमा दिनानाथ घिमिरे, कृष्ण राना, जनक कुमारी चालिसे, विवेक वाइवा, बसन्त पाण्डे गरी ६ सदस्यीय कमिटी गठन गरेको छ ।
त्यसैगरी अर्को निर्वाचनमा जनताका न्युनतम् आवश्यकता पुर्ति गर्न घोषणा पत्रमा समेटेर जनतामा जानको लागि पनि मस्यौदा कमिटीको नेतृत्व पनि महासचीवको नेतृत्वमा कुमार वेलवासे, दिनानाथ घिमिरे, खगेन्द्र प्रसाई , सुरेन्द्र ढकाल, जनक चालिसेलाई जिम्मा दिएको छ भने उक्त टिमलाई ९ सदस्यीय बनाउने गरी निर्माण गरिएको प्रवत्ता वेलवासेले जानकारी दिएका हुन् ।
निर्वाचनमा नेकपा, माले, नेकपा एमाले, राप्रपा, विवेकशील साझा पार्टी निर्वाचन तालमेलमा जाने बाहिर हल्लाहरु भएपछि यसको आधिकारिक पुष्टि भएको छैन ।
माथि उल्लेख भएजस्तै तालमेल भएको खण्डमा नेपाली काँग्रेसको नेतृत्वको गठबन्धन सरकार भर्सेज नेकपा एमालेको नेतृत्वमा सरकार बहिर रहेका दलहरुको प्रतिस्पर्धा हुनेछ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा असफल भइसकेकाहरुलाई विदाई गर्ने र नयाँ सक्षम, योग्य, दक्ष, अनुभवी नेतृत्वहरुलाई अवसर दिनलाई जनताले कुरीराखेका छन् । जनतानै जनार्दन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend