logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य


  • जन आकाश
  • बुधबार, भाद्र २२ २०७९

काठमाडौ । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटरभन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सकेकी छिन् ।



अब पूर्णिमा श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै छिन त्यस मनास्लु हिमाल चढ्ने पुर्णिमाको साहासी काममा नेपाल लाइफ इन्स्योरेन्सले पूर्णिमाको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । नेपाल लइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर गरी पुणिमाको साहासिक कामलाई साथ लिन लागेको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका छन् सूश्री पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताएकी थिइन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend