logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रगतिशील युवा संघको राष्ट्रिय भेला आज रातोपुलमा हुदै १ बजे उद्घाटन हुने


  • जन आकाश
  • शुक्रबार, भाद्र २४ २०७९

काठमाडौ । प्रगतिशील युवा संघ नेपालको राष्ट्रिय भेला रातोपुलस्थित नेकपा(माले)को केन्द्रीय कार्यलको हलमा १ बजे नेकपा (माले)का महासचीव सिपी मैनालीद्धारा विधिवत रुपमा उदघाटन गरी शुरु हुने भएको छ ।



देशका बिभिन्न क्षेत्रवाट युवाहरु काठमाडौ आइसकेका छन् । पहिलो खुल्ला शत्र दिउसो १ बजे शुरु हुनेछ भने दोस्रो बन्द शत्र ३ बजेवाट गरी आजनै भेलाको समापन गर्ने तयारी रहेको छ ।

नेकपा (माले) पार्टीको जनवर्गीय संगठनको रुपमा रहेको प्रगतिशील युवा संघ नेपालले युवा अवस्थाका नेपालका युवाहरुलाई आफ्नै देशमा कसरी आत्मनिर्भर बन्न सकिन्छ । देशको बेरोजगारको समस्या दिनानुदिन बढ्दै गएको हुनाले सृर्जनशील कसरी बन्ने र बेरोजगार समस्या हल गर्न सम्बन्धित निकायलाई सुझाव समेत दिदै आएको छ ।

त्यसैगरी युवा समुहहरुलाई सामुहिक रुपमा प्रशिक्षण छलफल चलाउदै देशको राष्ट्रियता, विश्व परिवेशको वारेमा जानकारी गराउदै आजको समय सुहाउदो आत्मनिर्भरमुखी योजना बनाउने र संगठन भन्दा बाहिर रहेका युवाहरुको समेत सल्लाह, योजना देशको हितमा रहेकालाई समेटेर लैजाने नीति लिदै आएको छ भने बिभिन्न विज्ञहरुको सल्लाह समेत लिने गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend