logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दया फाउन्डेसनकल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन


  • जन आकाश
  • शनिबार, भाद्र २५ २०७९

 



काठमाडौ । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गरेका छन् ।

ईन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुतगर्नु पर्नेछ । उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गतेशनिबारका दिन बेलुकी ६ बजे Zoom Meeting मार्फत प्रतियोगीहरुको छनौट गरिने उल्लेख छ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेल culturalvideocontest@gmail.com मा पठाईसक्नु पर्नेछ । यसप्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिने दया फाउण्डेशनले जनाएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथितथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठुलो टेवा पु¥याउनेर भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने भन्दै जोड दिएका थिए । साथै उनले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरिएकोमा विशष धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत दया फाउन्देशनका अध्यक्ष राजेश बहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १८ का का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा न २२ का अध्यक्ष चीनी काजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरु लगायत सो क्षेत्रका स्थानियको वाक्लो उपस्थिति थियो ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend