logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रगतिशील युवा संघ नेपालको अध्यक्षमा खाती


  • जन आकाश
  • शनिबार, भाद्र २५ २०७९

काठमाडौ । प्रगतिशील युवा संघ नेपालको राष्ट्रिय भेला यहि मितिः २०७९ साल भाद्र २४ र २५ गते काठमाडौस्थित नेकपा(माले)को केन्द्रीय कार्यलयमा आयोजनना गरी सम्पन्न भएको छ । कार्यक्रमकोको अध्यक्षता प्रगतिशील युवा संघ नेपालका अध्यक्ष दिनेश खातीको अध्यक्षतामा र नेकपा मालेका माहासचीव सिपी मैनालीको प्रमुख अतिथि, र स्थाई कमिटी सदस्य तथा जवस प्रमुख कुमार वेलवासे, दिनानाथ घिमिरेको अतिथिमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई दुई शत्रमा गरिएको थियो पहिलो शत्रमा उदघाटन र दोस्रो शत्रमा बन्द शत्र गरी कार्यक्रम सम्पन्न भएको छ ।



यो भन्दा आगाडी खाती संयोजकत्वमा मोहन कार्की सह संयोजक, उदिम खड्का सह संयोजक, दिपेन्द्र चौलागाई महासचीव, बसन्त पाण्डे कोषाध्यक्ष रहेका थिए । पुराना केहीलाई फेर बदल गरेर भेलाले आगामी १ बर्षमा राष्ट्रिय सम्मेलन गर्ने गरी दिनेश खातीको अध्यक्षतामा ५ सदसीय सचीवालय र २५ सदसीय केन्द्रीय कमिटी बनाएको छ ।

५ सदसीय सचीवालयमा दिनेश खाती अध्यक्ष, मोहन कार्की उपाध्यक्ष, उदिम खड्का महासचीव, बसन्त पाण्डे कोषाध्यक्ष, राजेश गिरी सचीव रहेका छन् ।

भेलाले नयाँ कार्यसमिति निर्माण गर्ने पहिलो बैठकले नै रामेछापवाट निर्वाचनमा प्रगतिशील युवा संघको तर्फवाट प्रगतिशील युृवा संघका उपाध्यक्ष मोहन कार्कीलाई उम्मेद्धारी उठाउने र प्रगतिशील युवा संघ नेपालको सवै शक्ति रामेछापमा केन्द्रीत गर्ने पनि निर्णय गरेको छ ।

आगामी निर्वाचनलाई पार्टीले लिएको नीतिलाई साथ दिदै देशभित्र युवाहरु बेरोजगार भएर बसेका छन् । त्यस बिषयलाई युवा संघले आउदा दिनमा युवाहरुको उन्नति, प्रगति र समस्यालाई मुलभुत रुपमा उठाएर सावधान गर्ने तर्फ लाग्ने गरी नीति बनाउन लागेको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend