logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

आत्महत्या रोकथामका लागि स्वदेश फाउण्डेशनको प्रयास


  • जन आकाश
  • आइतबार, भाद्र २६ २०७९

 



काठमाडौं । विश्व आत्महत्या रोकथाम दिवस १० सेक्टेम्बरका अवसरमा स्वदेश फाउण्डेशन नेपालले राजधानीको पिंगलास्थानमा रहेको नेपाल फिल्म क्याम्पसमा एक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले आत्महत्या रोकथामका लागि जनचेतनामुलक कार्यक्रमलाई देशका सवै जिल्लाहरुमा पुन्याउनु पर्नेमा जोड दिएका छन् ।

मन्त्री केसीले अहिले पनि देखासेकि , सामाजिक परिवेश , आर्थिक कारणले गर्दा मानिसहरुले आत्महत्या गरिरहेको अवस्था रहेको बताएका छन् । स्वास्थ्यसेवा प्रदायकहरूले आत्महत्याको खतरा सूचक लक्षणहरूको पहिचान गरी व्यवस्थापन गर्नमा एकभएर अघि बढ्न जरुरी भएको मन्त्री केसीले बताए ।

स्वास्थ्यसेवा प्रदायकहरूले आत्महत्याको खतरा सूचक लक्षणहरूको पहिचान गरी व्यवस्थापन गर्नमा एकभएर अघि बढ्न जरुरी भएको र आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनु पर्ने , व्यक्ति, परिवार, समाज, राष्ट्र र पुरा विश्व एकजुट भएर यो समस्या विरुद्ध लाग्नु पर्नेमा मन्त्री केसीले जोड दिए ।

यसैगरी अन्तक्रिया कार्यक्रमकी सभापति तथा स्वदेश फाउण्डेशन नेपालकी अध्यक्ष गंगादेवी उप्रेतीले सरकारले १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई विदेश उच्च शिक्षा अध्ययन गर्न जान रोक लगाउनु पर्ने , नेपालमा खुलेका कन्सलटयान्सीहरुले विद्यार्थीहरुलाई सही जानकारी नदिने, त्यहाँ विदेशमा गएर काम सजिलै पाइन्छ भन्ने भ्रमले विद्यार्थीहरु त्यता आकर्षित हुने तर त्यहाँ गएर पढाईसंगै कामको तनाब भएर धेरै विद्यार्थीले विदेशमै आत्महत्या गर्ने गरेको बताउँदै सरकारले विदेश विद्यार्थी पठाउने कन्सल्टयान्सीहरुलाई निगरानीमा राख्नु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका मनोविज्ञान विभागका विद्यार्थीद्धय नम्रता सिंह र रुसु कटटेलले “स्वघात प्रति सामाजिक मनोविज्ञानको दृष्टिकोण “ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने ओम अस्पतालकी प्राध्यापक शुस्मिता नेपालले “स्वघात प्रति जनस्वास्थ्यको दृष्टिकोण “विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

यसैगरी त्रिचन्द्र कलेजका प्राध्यापक तथा मनोविद र सडक आश्रित मानव मुक्त अभियान नेपाल (सम्मान) का अध्यक्ष पदम प्रसाद घिमिरेले आफु केका लागि बाचिएको त्यो हेर्नु पर्नै बताउँदै नेपालमा महिलाको तुलनामा पुरुषहरुले बढी आत्महत्या गर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै मनोविज्ञ मनोज दाहालले एक व्यक्तिले एकजना मात्र सुसाइडको मनसाय भएका व्यक्तिलाई जोगाउन सकियो भने त्यो ठुलो उपलब्धि हुने बताउँदै आफना बच्चालाई अरुसंग तुलना नगर्न र उसलाई पढाईमा बढी दबाव दिनु नहुनेमा जोड दिए ।

कार्यक्रममा नेपाल सङ्गीत विद्यालयमा दृष्टि विहीन विद्यार्थीद्धय किरण दाहाल संजीय चौधरीले गायन प्रस्तुत गरेका थिए । सो कार्यक्रमको संचालन स्वदेश फाउण्डेशन नेपालका उपाध्यक्ष तथा नेपाल फिल्म क्याम्पसका प्रिन्सिपल शिसीर उप्रेतीले गरेर उत्कृष्ट बनाएका थिए ।

विश्व आत्महत्या रोकथाम दिवस सन २००३ देखि हेरक वर्ष सेप्टेम्बर १० तारिखका दिन अन्तराष्ट्रिय आत्महत्या रोकथाम संस्था (आइएसपि) ले विश्व स्वास्थ्य संगठन(डब्लयु एच ओ)को सहयोगमा मनाउन थालेको हो । डब्लयु एच ओले सन २०२१ देखि २०२३ सम्मको नारा क्रिएटिङ्ग होप थ्यु एक्सन वेभ साइटमा राखेको छ । विश्व स्वास्थ्य संगनका अनुसार हरेक वर्ष विश्वमा अनुमानित सात लाख तीन हजार व्यक्तिले स्वघातबाट मृत्युवरण गर्ने गरेको रिपोर्टमा उल्लेख छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend