logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

टेलिकम सम्बन्ध ट्रेड युनियनको ११औ महाधिवेशन सम्पन्न


  • जन आकाश
  • सोमबार, भाद्र २७ २०७९

 



 

 

काठमाडौ । ‘व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ नारा सहित २०७९ भाद्र २२–२४ मा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटिन–ल्त्भ्ब्ल्० को ११औ महाधिवेशन ट्रेड युनियन आन्दोलनको उद्गम भुमि प्रदेश–१ को राजधानी विराटनगरमा सम्पन्न भएको जानकारी प्रप्त भएको छ । नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको विशेष आतिथ्यतामा २०७९ भाद्र २२ गते संगठनका तत्कालीन अध्यक्ष यादव प्रसाद पनेरुको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू तथा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियनका प्रतिनिधिहरूले उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।

महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्र्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो । उक्त महाधिवेशनबाट मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षः कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणि कुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल लगायत चयन भएका छन् ।

सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बि. सी., सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई. दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक सहित ४० जनाको केन्द्रीय समिति निर्वाचित गर्दै महाधिवेशन सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend