जन आकाश
काठमाडौ । मिति २०७९ भाद्र १८ गते, सुनकोशी गाउँपालिका र एक एकपाईला फाउण्डेसन बिचको सहकार्यमा संचालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।
सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोवास गर्ने जनताले सर्व सुलभ स्वाश्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने उदेश्यले सो परियोजना कार्यान्वयनका लागि रु २० लाख आर्थिक सहयोग उपलव्ध गराएको उल्लेख छ ।
उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापन बाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend