logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आउदै गरेको निर्वाचनमा कस्ता नेतृत्व छान्ने ?


  • जन आकाश
  • मंगलबार, भाद्र २८ २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेसशभाको निर्वाचन हुन गईरहेको छ । उक्त निर्वाचनमा कस्तो नेतृत्व छान्ने भन्ने बिषयमा देशभरी बिभिन्न अडकलवाजीहरु भईरहेका छन् । भने राजनीतिक पार्टीहरुमा निर्वाचनमा टिकटको लागि हानाथाप र अनुचित कार्य गरेर टिकट हत्याउने सम्मको काम भएको देख्न थालिसकेको छ ।



नेपालका राजनीतिक पार्टीहरुले कतिपय ठाउँमा गुन्डा नाइकेहरुलाई समेत निर्वाचनमा उम्मेद्धार उठाउने चर्चा बजारमा आएवाट पनि राजनीतिक पार्टीहरुले अनुचित काम गरेको जनताहरुको भनाई आएको छ ।

स्वभाविक रुपमा नेपालमा प्रणालीनै गलत भएका कारण निर्वाचनको वेला धेरै रकम खर्च गर्न सक्नेले मात्र निर्वाचन जित्ने परिपाटी बस्दै गएको हुनाले र गलत मनोबृति बोकेका राजनीतिक पार्टीका नेताहरु मात्र शक्तिमा पुगेको इतिहाँसले नेपाली समाजमा यस्ता गतिविधि हुनु स्वभाविक नै हो ।

तर राजनीतिक पार्टीहरुको विधान, नीतिमा देश, विकास र समाजको सकरात्मक का गर्ने नै छ । व्यवहारमा भने गलत प्रबृतिनै हावी हुदै गएको छ । विगतका परिणामहरुले माथि उल्लेखित बिषयहरु नै देखाउछ ।

यस्तै गलत प्रबृति र प्रणालीको विकास भएको कारणले पनि होला पछिल्लो समय नेपालका जनताहरुले राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेद्धारहरुलाई बढी रुचाउन थालेका छन् ।

तर यो स्वतन्त्र व्याक्तिलाई छान्नु मात्र विकल्प होइन । उनिहरुका पनि लामो समयका लागि देश विकास गर्ने योजनाहरु देखिदैनन् । देश परिवर्तन हुनको लागि राजनीतिक पार्टीहरुले बनाएका नीति परिवर्तन र कार्यन्वयन महत्वपूर्ण पाटो हुन । यो राजनीतिक पार्टीहरुले मात्र गर्न सक्छन् ।

देशको नीति परिवर्तन गर्नको लागि राजनीतिक रुपमा नै अनुभवि, दक्ष, योग्य, सक्षम व्याक्तित्वहरुले राजनीतिक पार्टीभित्र खारिएका कहिल्यै प्रयोग नभएका फे्रस नेतृत्वहरु नै खोज्नु पर्ने हो । राजनीतिक पार्टीभित्र त्यस्ता अनुभवि धेरै जनशक्तिहरु छन् । त्यस्ता दक्ष, आनुभवि, सक्षम व्यक्तित्वहरुलाई अवसर दिएको देखिदैन ।

आउदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यस्तो सम्भावना कम छ । राजनीतिक पार्टीका बुढा नेताहरुले नै जिल्ला जिल्लाहरुमा टिकटको लागि सिफारिस पठाएका छन् ।

यो आधार हेर्दा पनि पुरानै प्रबृति राजनीतिक पार्टीहरुमा देखिदा पार्टीभित्र रहेका नयाँ पुस्तामा निरासा आउनु स्वभाविक हो । त्यसैले स्वतन्त्र उम्मेद्धारहरु देशमा बढ्ने र कुनै राजनीतिक पार्टीको पनि बहुमत नआउने र विगतको जस्तो खिचडी प्रकृतिको सत्ता सरकार चलाउने तरिकाले नेपालको विकास सम्भव देखिदैन ।
त्यसकारण नेपाली जनताले चाहेको खोजेको परिकल्पना गरेको जस्तो साशन व्यवस्था कहिल्यै नआउने भएको हुदा वैचारिक रुपमा समय सुहाउदो तरिकावाट युवापुस्ताहरुले देशको नेतृत्व गर्नलाई प्रतिस्पर्धा गर्न आट गर्नुपर्ने वेला भएको छ ।

पार्टीभित्र होस वा बाहिर राजनीतिक बेतिथिको विरुद्ध सैद्धान्तिक लडाई लड्ने बेला आएको जस्तो भान भइरहेको जनताले बताईरहेका छन् । त्यही जनताको चाहना र भावना बुझेर, सुनेर हौशिएका पनि हुन सक्छन् स्वतन्त्र उम्मेद्धारहरु यो जे भएपनि राम्रो नै भएको हुनुपर्छ ।

स्वतन्त्र पार्टी मात्र होइन पार्टीका युवा र आम नागरिकसम्म एउटै मोर्चामा रहेर पुराना र असफल भइसकेका शक्तिहरुलाई निरुत्साहित पार्न समयले खोजेको आवश्यकता पुर्ति गर्नेगरी अगाडी बढ्न सक्ने नेतृत्व छान्नु पर्ने देखिन्छ ।

जसले नेपलको समाज विकास आवश्यकता बुझेर काम गर्न सकोस ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend