जन आकाश
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
मोहन कार्की ।
काठमाडौ । ग्रील तथा स्टिल व्यवसायी संघद्धारा मितिः २०७९ भदौ ३० गते काठमाडौस्थित अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भवनमा एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि काठमाडौ महानगरपालिकाकी उप मेयरको प्रमुख अतिथि, बिशिष्ट अतिथिमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सेना, ग्रील उद्योग महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाल, अतिथिामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अ¥र्याल लगायतको रोवरमा ग्रील तथा स्टिल व्यवसायी काठमाडौका अध्यक्ष यज्ञदास श्रेष्ठको हातवाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमिल्सिनालाइ सामानहरु हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका अध्यक्ष समेत रहेका ग्रील तथा स्टिल व्यवसायी महासंघ काठमाडौ जिल्ला शाखाका अध्यक्ष यज्ञदास श्रेष्ठले राखेका थिए, भने शुभकामना ग्रील तथा स्टिल व्यवसायी महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवाल र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमिल्सिेनाले राखेका थिए । मन्तव्यकै क्रममा महासघका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसाय भन्ने बित्तिक्कै विगतमा हेर्ने दृष्टिकोण अलि फरक थियो व्यवसायीहरुमा एकता थिएन अहिले हामीले २५ सय सदस्य पु¥याईसकेका छौ । ग्रील व्यवसायीहरुलाई करको समस्या वडा पिछे फरक फरक कर लाग्ने गरेको हुनाले करको प्रणालीमा एक रुपता ल्याउन उपमेयरलाई आग्रह गरेका थिए ।
त्यसैगरी आर्का बिशिष्ट अतिथि उद्धव प्रसाद तिमिल्सिेनाले ग्रील तथा स्टिल व्यवसायीहरुले सरसफाई गर्न प्रयोग हुने औजार तथा बिरुवाको लागि जाली सहयोग गर्नुभएकोमा धन्यवाद दिएका थिए । उनले हिजोको दिनमा ग्रील पेशा भन्ने वित्तिक्कै मानिसहरुले नाक खुम्च्याउने गरेको र आज त्यसै पेशावाट देशमा ६० अर्ब बराबरको कारोबार हुने गरेको रहेछ । यो अवस्थामा पु¥याउन भुमिका खेल्नुहुने महासघका अध्यक्ष मोहन कटुवाल लगायतको नेतृत्वलाई बिशेष धन्यवाद भन्दै प्रसंशा गरेका थिए ।
उनले फोहोर व्यवस्थापनको सम्बन्धमा महानगरपालिकासँग कस्तो खालको सहयोग गर्नुपर्ने हो दिर्धकालीन रुपमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति त्यसका लागि तयार छ भन्दै उपमेयरलाई आग्रह गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी काठामाडौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ग्रील व्यवसायीका समस्याका वारेमा पुर्व बक्ताहरुले बाताउनु भयो तपाईहरुको समस्याका वारेमा चाडै आवश्यक काम गर्ने र कुनै समस्या छन् भने छलफल गरेर टुङग्याउन सकिने बताएकी थिइन । कार्यक्रमको समापन राजेन्द्र अ¥याल ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौ शाखा का वरिष्ठ उपाध्यक्षले गरेका थिए ।
सयौको संख्यामा ग्रील तथा स्टिल व्यावसयीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend