logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सुसेली गाएर बाल दिवस सम्पन्न


  • जन आकाश
  • शुक्रबार, भाद्र ३१ २०७९

 



काठमाडौ । मिति २०७९/ भाद्र २९ गते  का. जि. तारकेश्वर न. पा. ५ गोलढुंगा, सातधारामा अवस्थित एलिगेण्ट पर्ल इङलिस स्कुलको आयोजनामा, बाल दिवसको अवसरमा बाल सुसेली लेखन, वाचन तथा गायनको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

राष्ट्रिय सुसेली मञ्च नेपालको सहकार्यमा सम्पन्न भएको  कार्यक्रममा सुसेली मञ्चका सल्लाहकार तथा वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली, मञ्चका संस्थापक अध्यक्ष तथा सुसेली विधा प्रवर्तक दुर्गा अधिकारी भमरकोटे, मञ्चका उपाध्यक्ष सुशीला ढकाल अधिकारी, सुसेली महिला मञ्च संयोजक पुनम घिमिरे, आधुनिक साहित्य परिषद अध्यक्ष मुरलीप्रसाद ढकाल, पुर्व प्रशासक तथा व्यङ्ग्य कवि वासुदेव  गुरागाई, छन्द कवि धरणीधर गुरागाई, समाजसेवी साहित्यकार चन्द्रा न्यौपाने, कवि सुचिता काफ्ले, ऋतु न्यौपाने, कानुन व्यवसायी कवि विमला ढकाल समिक्षा, छन्द कवि कृष्णप्रसाद पौडेल, सोही विद्यालयका प्र. अ .राजु खड्का शिक्षक सुशील आचार्य लगायत अन्य शिक्षक शिक्षिका, अभिभावक र ठूलो संख्यामा विद्यार्थी भाइबहिनीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा माथि उल्लेखित सम्पुर्ण कवि साहित्यकारले विभिन्न लयमा सुसेली गाएरउपस्थित सबैलाई नचाउनु भएको थियो भने सुसेली अध्यक्ष भमरकोटे र डा. जितालीले सुसेली के हो र कसरी लेख्न सकिन्छ भन्ने विषयमा व्याख्या समेत गर्नुभएको थियो ।

सुसेली मञ्चकी उपाध्यक्ष  साहित्यकार  सुशीला ढकाल अधिकारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा सुसेली मञ्च नेपालको तर्फबाट विद्यालयको लागि अहिले सम्म प्रकाशित सुसेलीका तीन दर्जन पुस्तक र कलमहरू हस्तान्तरण गरिनुका साथै बालबालिकालाई चकलेट वितरण गरिएको थियो भने विद्यालयको तर्फबाट केक काटेर बाल दिवसको शुभकामना उल्लासमय तवरमा व्यक्त गरिएको थियो । सम्पूर्ण अतिथि कविहरूलाई विद्यालयको तर्फबाट चिया खाजाको समेत व्यवस्था गरिएको थियो ।

स्रोत :शिक्षक, सुशील आचार्य ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend