logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पेप्सीद्धारा नयाँ More fizz सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, भाद्र ३१ २०७९

काठमाडौं । मितिः २०७९ भाद्र ३१ गते Swag लाई उचाइमा पुयाउँदै पेप्सीले उपभोक्ताहरूको तिर्खा मेटाउने बाचा सहित नेपालका उपभोक्ताहरूको मन लोभ्याउन More fizz युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ ।



नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्फूर्तिदायी स्वाद प्रदान गर्नेछ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनको कारण उपभोक्ताहरूलाई यो पेय पदार्थ अपरिहार्य बन्न जानेमा कम्पनीले विश्वास लिएको कम्पनीले उल्लेख गरेको छ ।

 

नयाँ More fizz पेप्सीको अनावरण काठमाडौंमा भाद्र ३१ गते लाजिम्पाटको ¥याडिशन होटलमा आयोजित एक स्वागमय कार्यक्रमका विच पेप्सी सद्भावना दूत एवं चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो । नेपालमा आउँदा दिनहरूमा गरिने More fizz,More Swag अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीको लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पेप्सीको, नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने “पेप्सी सधैं नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ र अब ब्रान्डले नेपालका उपभोक्ताहरूको लागि यसभन्दा अघि कहिल्यै नभएको More fizz स्वाद प्रदान गरिरहेको छ । बजार अध्ययनले देखाए अनुसार उपभोक्ताहरूले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ, र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ । हामीले प्राप्त गरेको उत्कृष्ट प्रतिक्रियालाई यो सकारात्मक भावनाद्वारा उत्प्रेरित गर्दै हामीले नयाँ पेप्सीलाई More fizz का साथ अनावरण गरेका छौँ र हामीलाई विश्वास छ हाम्रा उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिन हुनेछ ।”

नयाँ पेप्सीको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पेप्सी ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने “नयाँ पेप्सीलाई More fizz का साथ नेपालभरका दर्शकहरूमाझ उपलब्ध गराउन पाउनुले वास्तवमै आनन्दित तुल्याएको छ । यसको नयाँ स्वरूपमा पेप्सीले आफ्ना उपभोक्ताहरू समक्ष अझ बढी  fizz का साथ पेप्सीलाई प्रस्तुत गरेको छ र उपभोक्ताहरूलाई एक चुस्की लिन तथा उनीहरूको Swag लाई पनि माथि उठाएर देखाउन आग्रह गरिरहेको छ। म यो सुरुवातको एक हिस्सा बन्न पाएकोमा उत्साहित छु र म सबैलाई नयाँ पेप्सी टेस्ट गर्न र उनीहरूको स्वाग प्रदर्शन गर्न आग्रह गर्दछु ।

कार्यक्रममा भिबिएल इन्टरनेशनल अपरेसन्सका CEO गिरीश शिवरमणले मन्तव्यको क्रममा भन्नु भयो “पेप्सी देशको चर्चित ब्रान्डहरू मध्येको एक ब्रान्ड हो र हामीले हाम्रो उत्पादनको यात्रामा एक अर्को माइलस्टोन कायम गर्न सफल भएका छौँ ।More fizz पेप्सीको सुरुवातसङ्गै हाम्रा उपभोक्ताहरूलाई बढी फैिजदार एवं स्फूर्तिदायक उत्पादन प्रदान गर्ने हाम्रो एक अर्को प्रयास सार्थक भएको महसुस हामीले गरेका छौँ । म विश्वस्त छु कि नेपाली उपभोक्ताहरूले नयाँ उत्पादनको मज्जा लिनु हुनेछ, साथसाथै विभिन्न टचपोइन्टहरु मार्फत् धेरै क्धबन प्रस्तुत गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।”

नयाँ More fizz पेप्सी सिंगल र मल्टि पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराईएको कम्पनीले उल्लेख गरेको छ साथ साथै इ–कमर्स साइटहरुमा पनि पाइन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend