जन आकाश
काठमाडौ । सेन्चुरी एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डपमा शुरु भएको छ । भाद्र ३१ देखि असोज २ गतेसम्म चल्ने उक्त एक्सपोमा १४५ वटा कम्पनीहरुले भाग लिएका छन् ।
एवस्पो खाद्य, पेय पदार्थं र आतिथ्यतामा विशेष केन्द्रित भएको आयोजकले जनाइएको छ ।
कोरोनाकाल अर्थात् तीन वर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस वर्ष पनि हुन लागेको “सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२“ सबैभन्दा महत्त्वपूर्णं संस्करण हुने सेन्चुरी एण्ड कम्पनीका अध्यक्ष मोतिलाल दुगडले बताएका छन् ।
हाल पूरा बिश्च नै यस्ता चुनौतीहरूबाट गुरिरहेको बेलामा सेन्चुरीले यो कार्यक्रम आयोजना गर्दै सुस्ताएको नेपाली बजारलाई चलायनमान बनाउन एक्सपोले सघाउने आयोजकको भनाई छ ।
आज पहिलो दिननै ग्रहकहरुको भीड लागेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend