जन आकाश
नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्ता व्यवस्थाहरु स्थिापित भइसक्दा पनि असल, योग्य, देशको कुशल व्यवस्थापक देशले पाउन सकेको छैन । जम्माजम्मी ३ कारोड जनसंख्या रहेको नेपालमा देशवाट झण्डै बार्षिक ५० लाँखको हाराहारीमा रोजगारको लागि विदेशमा नेपालीहरु गईराखेका छन् । पढ्न जाने बिद्यार्थीको संख्या पनि जोड्ने हो भने त संख्या अझै धेरै छ ।
गणतन्त्र सम्मको परिवर्तन भनेर धेरैवटा लडाई लडेका नेपालीले अहिलेसम्म थुप्रै परिवर्तन नेपाली जनताले ल्याए तर परिवर्तन पछि जनताको जीवनस्तरमा ल्याउनु पर्ने कुशल नेतृत्व भने नेपालले कहिल्यै पाएको छैन । यस्तै ५ बर्षमा आउने निर्वाचनमा लाईन बसेर पटक पटक मतदान गर्ने जनताले जानी जानी हो वा भुलवस तिनै असफल भईसकेका नेतृत्वहरुलाई नै मतदान गरेको जस्तो देखिन्छ ।
जसले गर्दा नेपाली जनताले अहिलेसम्म परिवर्तनको महसुस गर्न पाएका छैनन् । यस्तो अवस्था आउदा पनि पटक पटक तिनै असफल भइसकेका पात्राहरुले निर्वाचनमा किन बिजय हाशिल गर्छन जस्ता प्रश्नहरु पनि उठेका छन् । कसै कसैले त मतदान पेटिका फेरवदल गरेर निर्वाचन जित्छन् जस्ता आरोपहरु पनि वेला वेलामा लाग्ने गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा यस्तो भएको हो भने नेपालमा लोकतन्त्र छैन भन्ने हुन्छ ।
यदि त्यस्तो भएको होइन रहेछ भने जनताले विगतमा तिनै असफल भइसकेकालाई अवत सुध्रिन्छकि भन्दै पटक पटक मतदान गरेर जिताउदै पठाउदा देशको अवस्था झनझन बिग्रान पुगेका छन् । यी यस्ता विगतका विजयी भएका नेतृत्वहरुले जनता र देशको काम गर्न नसकेका कारणहरुवाट नेपालका नागरिकहरुले आउदै गरेको २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा असल, योग्य लागेका पत्यारिलो आधार तयार अर्थात विश्वसनीय उम्मेद्धारहरुलाई निर्वाचनमा अमूल्य मतदान गरी आफ्नो नेतृत्व आफैले छान्ने काम आफैले गर्नुपर्ने जिम्मेवारी आईलागेको देखिन्छ ।
यस्तो महत्वपूर्ण जिम्मेवारी जनताको हातमा छ । आफ्नो अधिकार सही समग्र समाजको पक्षमा र देशको हितमा हुने पत्यारिलो आधार तयार गर्न सक्ने नेतृत्वलाई मात्र मतदान गरेर जनताले समग्र समाजको र देशको असल साशन, व्यवस्था लागु गरेर परिवर्तनको महसुस आफैलाई हुने गराउने नेतृत्वलाई बिजयी गराएर पठाएमा र वेला वेला नेतृत्वले गर्न नजानेका वा जानेर बाटोभन्दा बाहिर जान थाल्यो भने त्याहा भीर छ । भीरवाट लड्ने मात्रै हो काही पुगिदैन भनेर सचेत गराउने पनि जनताले नै हो । यस्तो जनताको विश्वसिलो आधार तयार गर्न सक्ने नेतृत्वलाई नै छान्न जनताले पनि सोचेका जस्तो समाजमा कुराहरु सुनिएका छन् । त्यो अत्यन्तै राम्रो पक्ष हो ।
यस्ता सर्वाधिकार जनतामा हुदाहुदै पनि लोकतान्त्रिक गणतन्त्र स्थापना जो कि विश्वमा लोकतन्त्र आफैमा अनुशासित व्यवस्था ठानिएको छ । यस्तो व्यस्था नेपालमा भने असफल हुदै जानु गलत नेतृत्व, अपरिपक्क नीति, कार्यन्यवन गराउने पक्ष फितलो भएको कारणले गर्दा नै नेपालको अवस्था गरिवी, अभाव, बेरोजगार जस्ता समस्या ज्यूका त्यू रहेका छन् ।
यस्ता समस्यालाई निरुपण गर्न असल, योग्य, सक्षम नेतृत्वले आउदो निर्वाचनमा प्रतिस्मर्धा गरेर पत्यारिलो आधार तयार गर्ने र देशको सम्भावना बोकेका क्षेत्रहरुलाई समेटेर दैनिक रुपमा देशको भविष्य नदेखि देशवाट पलायन भईरहेका युवापुस्तालाई नेपाललाई नै रोजगार सृर्जना गर्ने र नेपालका जति प्रकृतिले दिएका सुन्दर हिमाल, ताल, तलैया, झर्ना, पाहाड पखेरा छन् । त्यस्तै सुन्दर कामहरु पनि गरेर विश्वको अग्लो शिखर सगरमाथा उभिए जस्तै उत्कृष्ट सोच भएका नेपाली नेतृत्व नेपालमा हुन्छन् भन्ने प्रमाणित गर्न युवा नेतृव्वहरुले देशलाई विकासको गतिमा लान आट गनैपर्छ । त्यसको लागि जनताको मतदान महत्वपूर्ण छ । त्यसैले योग्य, दक्ष, अनुभवि, असल साशनको पक्षधरहरुलाई निर्वाचनमा मतदान गरी देशको भविष्यको सपना कोरौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend