logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

दशैलाई भव्य बनाउन यती एयरलाइन्स र राकुटेन भाइबर बीच सम्झौता


  • जन आकाश
  • बुधबार, असोज ५ २०७९

 



काठमाडौँ  । दशैं नेपालीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण चाड हो । यस समय, असत्यमाथि सत्यको विजयको उत्सव मनाउन र देवी, दुर्गाको महिमा गर्न विदेशमा रहेका नेपालीहरू ठूलो सङ्ख्यामा नेपाल फर्कने गर्छन् र यो वर्ष, विशेष ‘डाउनलोड एण्ड वीन’ क्याम्पेनको साथ आफ्नो प्रयोगकर्ताहरूको दशैं अझ विशेष र भब्य बनाउन राकुटेन भाइबर र यती एयरलाइन्सको साझेदारी सँगै यस विशेष अवसरमा अर्को रमाइलो पक्ष थपिएको ।रकुटेनले जानकारी दिएको छ ।
विश्वको अग्रणी मेसेजिङ एप राकुटेन भाइबर र नेपालको अग्रणी डोमेस्टिक एयरलाइन्स कम्पनी बीचको कुटनीतिक सहकार्य दशैँको सुरुवातसँगै हुने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

उक्त साझेदारीले प्रयोगकर्ताहरूलाई दशैंको उत्साह अनुभव गर्न विशेष चाडपर्व र यात्राको विषयवस्तुमा आधारित स्टिकर प्याकको साथमा आकर्षक विक्ली पुरस्कारहरू जित्ने अवसरहरू प्रदान गर्ने उल्लेख छ । दशैँमा प्रयोगकर्ताहरूले आफ्ना कुराकानीमा थप रङहरू भर्दै चार विशेष बम्पर पुरस्कारहरू जित्ने सुनौलो अवसर समेत प्राप्त गर्नेछन् ।

पुरस्कारहरूमा काठमाडौँ देखि भैरहवा, पोखरा, र जनकपुरको निशुल्क हवाइ टिकट र भाग्यशाली विजेताका लागि माउन्टेन फ्लाइट टिकट समावेश गरिएको छ जुन कुनैपनि भाग्यशाली विजेताका लागि जीवनभरको अनुभव हुनेछ ।
उक्त योजनामा भाग लिनका लागि प्रयोगकर्ताहरूले भाइबरमा उपलब्ध यतीको उडान नामक स्टिकर प्याक डाउनलोड गर्नपर्ने छ र हरेक हप्ता राफेल ड्र मार्फत एकजना विजेता छनोट गर्ने उल्लेख छ । विजेताहरूको घोषणा यती एयरलाइन्सको आधिकारिक भाइबर च्यानल र सामाजिक संजाल मार्फत गरिने उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend