जन आकाश
काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा Dynamic QR Payment System संचालनमा ल्याएको छ । आइतबार दिउसो इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरी उक्त सेवा शुभराम्भ गरेका हुन् ।
नेसनल सेल्स हेड उमापति पोखरेलले Dynamic QR को माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे । उक्त सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स Dynamic QR Payment System सेवा उपलब्ध गराउने नेपालकै पहिलो जीवन बीमा कम्पनी बनेको कम्पनीले दावी गरेको छ । नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट Dynamic QR को माध्यमबाट भुक्तानी गर्न सकिने उल्लेख छ ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताएका थिए ।
Dynamic QR Payment System को माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने उल्लेख छ । अरु छेत्रमा Dynamic QR पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक QR बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने विशेषता रहेको उल्लेख छ ।
कार्यकममा नेपाल लाइफका कर्मचारी , अभिकर्ता र ग्राहक महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता ब्याक्त गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend