जन आकाश
काठमाडौ । सन लाईफ नेपाल पाचौ बार्षिकोत्सव सम्पन्न गरेको छ । मिति २०७९ आश्विन ६ गते सन लाइफ नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ बर्ष केन्द्रीय कार्यलय त्रिपुरेश्वरमा सम्पन्न गरेको हो । उक्त अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरी मनाउको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले देशैभरी रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको कम्पनीले जानकारी दिएको छ । साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरुमाझ बीमा सम्बन्धी चेतना कार्यक्रम संचालन गरेको कम्पनीले उल्लेख गरेको छ ।
छोटो समयमा धेरै सफलता हाशिल गरेको लाईफ इन्स्योरेन्स कम्पनी मध्य लाईफ नेपाल पनि रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend