जन आकाश
रामेछाप । रामेछापको रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृतलाई भव्य कार्यक्रम गरी मितिः२०७९ असोज ९ गते विदाई गरिएको छ । अरुवेला विदाई कार्यक्रम राखिने गरेको भएपनि नगरपालिकाले फेरी भेटौला सिर्षक राखी कार्यक्रमको आयोजना गरेको थियो ।
फेरी भेटौला कार्यक्रममा बिभिन्न व्याक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्नेहरुमा कमल बिक्रम कार्की नेपाली काँग्रेस, ढाल बहादुर कार्की नेकपा (एकीकृत समाजवादी पार्टी) धन बहादुर खड्का नेकपा (एमाले) रहेका थिए । उनिहरुले प्रमुख प्रसाशकीय अधिकृत रामचन्द्र लामगादेले नगरपालिकालाई कार्य सम्पादनमा पु¥याएको योगनाको प्रसंशा गरेका थिए ।
त्यसैगरी नगरप्रमुख लव प्रसाद न्यौपान र उप प्रमुख वालकुमारी कार्कीले रामेछाप नगरपालिकामा असल कुशल प्रसाशकीय अधिकृतलाई राख्न चाहादा चाहादै पनि प्रसाशनिक नियम र कानुनको कारण हामीले केही गर्न सकेनौ तर यहावाट गएपछि पनि उहाले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएका छौ । र उहाको छिट्टै माथिल्लो पोष्टमा बद्धुवाको कामना गर्दछौ भनि नजिदै गरेको विजय दशमीको शुभकामना समेत दिएका थिए ।
फरी भेटौला कार्यक्रममा नगरपालिकाका कर्मचारीहरुले बिभिन्न मायाको चिनो र सम्मान पत्रहरुले सम्मान गरिएको थियो भने नगरभित्रका नागरिकहरुले असल प्रसाशक भएको भनि दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
फेरी भेटौला कार्यक्रममा पत्रकार तथा अन्य समान्य नागरिकहरुको समेत वाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend