जन आकाश
रामेछाप । रामेछाप नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेलाई रामेछापमा भव्य बिधाई भएको छ । लामगाधे दुईबर्ष अगाडी रामेछाप नगारपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्य सम्पादन गर्न आएका थिए ।
उनले रामेछाप नगारपालिकामा पदभार ग्रहण गरेपछि सेवाग्रहीहरुलाई सहज बनाउन भुमिका निर्वाह गर्दै जनमैत्री सेवा शुरु गर्ने पहिलो दि नै बताएका थिए । भने कार्यपालिका सदस्यहरुवाट सल्लाह र सहकार्यमा अत्याधिक पहल गरेर अगाडी बढ्ने पनि वताएका थिए
नभन्दै लामगाधेले कार्यपालिकामा विवादका कारण कार्यपालिकासमेत बस्न नसकेको समस्यालाई कुशलतापुर्व कार्यपालिका बस्ने वातावरण बनाउन सफल भई अन्य प्रशासनीक क्षेत्रमा उल्लेखनिय सुधार गरी रामेछाप नगारपालिकालाई बागमती प्रदेशको वित्तिय सुधारको क्षेत्रमासमेत १ नम्बर बनाउन सफल भएका थिए ।
सोही कार्य क्षेत्रमा र जनमैत्री काम गरेको भनि रामेछापका बिभिन्न संघ,संस्थाहरुले समेत भव्य स्वागत गरी बिधाई गरेका हुन् । रामेछाप नगरपालिका, रामेछाप विजनेस एण्ड प्रोफेशनल ओमेन (आरविपी डब्लु रामेछाप) श्री समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था लगायत सम्पुर्ण महिला कर्मचारीहरुद्धारा लामगादेलाई कार्य क्षमताको प्रसंशा गर्दै भव्य स्वागत गरिएको छ ।
२०७९ असोज ९ गते रामेछापमा मात्रै छुट्टाछुट्टै बिभिन्न कार्यक्रम गरी उक्त सम्मान तथा विधाई कार्यक्रम भएको हो ।
त्यस्तै निजामति कर्मचारीहरुकै अर्को संस्था कर्मचारी मिलन केन्द्रले मन्थलीमा कार्यक्रम आयोजना गरी त्यहापनि लामगादेलाई भव्य विधाई गरेको हो । उनि रामेछाप नगरपालिकावाट लमजुङको मध्य नेपाल गरपालिकामा सरुवा भएका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend