logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमाल दोलखा हाईडोपावर कम्पनीको शेयर निष्काशनका लागि प्रबन्धक लक्ष्मी क्यापिटल नियुत्त


  • जन आकाश
  • मंगलबार, असोज ११ २०७९

काठमाडौ । हिमाल दोलखा हाईडोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।



सो सम्बन्धमा यहि असोज ९ गतेका दिन कम्पनी र क्यापिटल बीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा हिमाल दोलखा हाईडोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी १,६०,००,००,००० को प्रतिशेयर अंकित रु १००/ को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १,२०,००,०००/ कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ ।कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend