जन आकाश
काठमाडौँ । नेपालको राजधानी काठमाडौँको म्यारियट होटलमा आगामी माघमा हाई एम सम्मेलन–२०२३ हुने भएको छ ।
एक दशकदेखि होटल निर्माणसम्बन्धी आर्किटेक्चर ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापनसम्बन्धी सम्मेलन गर्दैै आएको हाई एम सम्मेलन प्रालिले आगामी माघ १९ र २० गते उक्त सम्मेलन गर्न लागेको हो ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा होटलमा लगानी गर्न चाहने लगानीकर्ता, आर्किटेक्स ईन्जिनीयर, ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापन लगायतको क्षेत्रमा ज्ञान प्रदान गरिनेछ । सम्मेलनमा नेपाल बाहेक अन्य देशका होटल लगानीकर्ताको समेत सहभागीता रहने बताइएको छ ।
सन् २०१२ देखि सम्मेलन गर्दै आएको हाई एम प्रालिले यसअघि ६ पटक भारतको नयाँदिल्ली, दुईपटक श्रीलंकाको कोलम्बो, एक पटक भारतको आग्रा र एक पटक नेपालको काठमाडौँमा सम्मेलन गरिसकेको छ ।
हाई एम सम्मेलनका संस्थापक एवम् आर्किटेक्स अनिल शर्माले नेपालमा होटल निर्माणसम्बन्धी ज्ञान प्रदान गर्न उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएका छन । “विदेशी पाहुनालाई नेपाल आएर बस्न सुहाउने होटल निर्माण कसरी गर्न सकिन्छ भन्ने बारेमा सम्मेलनमा ज्ञान प्रदान गर्छौँ जसले गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ,”– उनको भनाइ छ।
उक्त सम्मेलनबाट कसरी सस्तोमा अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गर्न सकिन्छ भन्नेबारे ज्ञान समेत पाईने शर्माले जन आकाशलाई बताए । हाई एम प्रालिका संस्थापक एवम् आर्किटेक्स शर्माले सन् २०१७ मा नेपालमा हाई एम सम्मेलन गरेपछि नेपालमा गुणस्तरीय होटल निर्माण हुन थालेको बताएका छन।
को हुन् हाई एम प्रालिका अध्यक्ष शर्मा ?
होटल निर्माणसम्बन्धी आर्किटेक्चर र ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापनसम्बन्धी सम्मेलनमार्फत ज्ञान प्रदान गर्दै आएका शर्मा एक सफल आर्किटेक्स हुन ।
झण्डै ४० वर्ष पहिले सन् १९८१ मा भारतको उत्तराखण्डमामा रहेको आईआईटी लुड्की विश्वविद्यालयमा आर्किटेक्स पुरा गरेका शर्माले हालसम्म भारत, नेपाल, काजस्तान, श्रीलंका र बंगलादेशमा १५० भन्दा बढी तारे होटलको आर्किटेक्स गरिसकेका छन।
उनले नेपालको चर्चित होटल म्यारियट नक्साल, ह्यात प्यालेस, होलिडे इन एक्सप्रेस काठमाडौँ र पोखरा, ¥याडिसन विराटनगर, मङ्क्सी दरबारमार्गलगायतको आर्किटेक्स गरेका छन। यसबाहेक नेपालका अन्य होटलको समेत उनले आर्किटेकस गर्दै छन।
हाई एम प्रालिका सञ्चालक शर्माले नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफ्नो आर्किटेक्सबाट निर्माण भएका होटलले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नेगरेका छन् ।
उनले होटल निर्माणले नेपालको आर्थिक विकास र अर्थतन्त्रमा समेत सहयोग पुग्ने बिस्वास रहेकोे बताएका छन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend