जन आकाश
काठमाडौ । काठमाण्डौंमा भएको एक कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापालाई भावि चुनाव तथा भविष्यको राजनैतिक नेतृत्वको रुपमा साथ र सहयोग गर्न क्षेत्र नं. ४ का हजारौं जना युवाहरु काँग्रेस प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा सर्वसाधारणदेखि सामाजिक र विभिन्न पार्टिहरुमा सकृय राजनिति गरिरहेको अनुहारहरुसम्म रहेका छन् ।
उक्त क्षेत्रमा विगत दशकौं देखि शिक्षा क्षेत्रमा सफल नेतृत्व तथा युवाहरुमाझ अत्यन्तै लोकप्रिय र विभिन्न स्थानिय संघ संस्थाहरु मार्फत समाजसेवामा समेत अहोरात्र खटिरहने युवा नेतृत्व राजन श्रेष्ठ समेत यसै कार्यक्रमको अवसरमा गगन थापा संग हातमा हात साथमा साथ मिलाएर समग्र काठमाण्डौं क्षेत्र नं. ४ को सामाजिक, आर्थिक तथा भौतिक रुपमा विकास गर्ने प्रतिवद्धता सहित काँग्रेस प्रवेश गरेका छन् ।
त्यसैगरी आफ्ना सामाजिक तथा शैक्षिक क्षेत्रमा गरेको मेहनत तथा सघर्षहको अनुभव दक्षतालाई गगन थापाको मिसन पि एम तथा चुनावि अभियानमा सतप्रतिशत सदुपयोग गरि यस क्षेत्रबाट फेरि पनि गगन थापालाई नै नेतृत्व बनाउँने प्रतिबद्धता समेत राजनले व्यक्त गरे ।
आफु पनि उदार लोकतन्त्रमा विश्वास राख्ने भएकोले र गगन थापाको नेतृत्वदायि व्यक्तित्व, उदार लोकतान्त्रिक विचार, समाज तथा देश विकासका लागि तय गरेको विभिन्न मिसन तथा भिजनहरुले नै आफुलाई यस पार्टि प्रति तथा गगन थापा सँग रहेर काम गर्न प्रेरित गरेको पनि राजनले बोल्ने क्रममा राखेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend