logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिरहामा तिवारीले दिए उम्मेद्धारी अन्य पार्टी त्रसित


  • जन आकाश
  • आइतबार, असोज ३० २०७९

 



 

काठमाडौ । सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका डा. बिमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । उनले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि उनले आफ्नो उपस्थिति विद्यमान समयमा व्यक्तिगत सृजना र स्वार्थका कार्यभन्दा सामाजिक उत्तरदायित्व र जवाफदेहीतालाई अर्थपूर्ण ठानेको बताएका छन् । आफूले यसपटकको चुनावमा जनताको तर्फबाट जनताको जीत सुनिश्चित गर्न निश्चित लक्ष्यका साथ प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको उनले बताए ।
गामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता गरिएको थियो ।

उनी लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । उनले भर्खरै भारतको मैसुर विश्व विद्यालयबाट मौद्रिक नीतिमा विद्याबारिधि गरेका छन् ।

आफूले युवाहरुको आवाज संसदमा पुर्याउने भएकाले मतदाताले आफूलाई विजय गाराउन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend