logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सेन्साईको “३ को झट्का“ योजनामा पहिलो विजेता घोषित


  • जन आकाश
  • बुधबार, कार्तिक २ २०७९

काठमाडौ । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सार्वजनिक गरिएको “सेन्साई ३ को झट्का“ नामक योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनैपनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा “आर १५ भिथ्री बाईक”र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने उल्लेख छ ।



सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको छ । यस पहिलो लक्की ड्रको विजेता बिरगंज निवासी“अकलेश कुमार पटेल”भएका छन ।उहाँले एप्पल आइप्याड १०.२ जित्नु भएको छ । उहाँले बिरगंजको आर.के ईलेक्ट्रोनिक्स मार्फत सेन्साईको चेस्ट–फ्रीज  खरिद गरेका थिए ।

सोही योजनामा लक्की ड्र मार्फत अझैपनि थुप्रै भाग्यशाली विजेताहरु घोषणा गर्न बाँकी नै रहेको कम्पनीले उल्लेख गरेको छ । यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनैपनि सामानको खरिद पश्चात अङ्ग्रेजीमा सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बरले खि ३१००३ मा एस. एम.एस.गर्नुपर्ने छ ।

कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ । सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै फ्रीडेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमोर शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइ ओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको कम्पनीले उल्लेख गरेकछ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरुका ठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटीर काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend