logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

रामेछापमा नेकपा माले पतिस्पर्धाको मैदानमा


  • जन आकाश
  • शुक्रबार, कार्तिक ११ २०७९

बिनोद कार्की
रामेछाप । रामेछाप जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको लागि राजनीतिक दल र स्वतन्त्र गरेर ४५ जना प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधिसभामा २२ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा नेकपा मालेवाट मोहन कार्की, नेकपा एमालेवाट कैलाश ढुङगेल, नेपाली काग्रेसवाट पुर्ण बहादुर तामाङ, आङ छोङवा शेर्पा स्वतन्त्र, कृष्ण भुजेल स्वतन्त्र, केदार खड्का विपी कागे्रस, चन्द्र राउत स्वतन्त्र, जितेन्द्र कुमार श्रेष्ठ राप्रपा नेपाल, देवशंखर पौडेल एकीकृत समाजवादी, धन बहादुर तामाङ उन्मुक्ति पार्टी, बाबुराम तामाङ नेपाली जनता दल, विक्रम राना स्वतन्त्र, भक्त बहादुर थापा मगर स्वतन्त्र, रमेश महते नेकपा समाजवादी माओवादी, राम कुमार लामा स्वतन्त्र, रुद्र बहादुर पुलामी राष्ट्रिय समाजवादी पार्टी नेपाल, लाल बहादुर घिसिङ राप्रपा, बिष्णु प्रसाद काफ्ले जन समाजवादी पार्टी नेपाल, समिक्षा श्रेष्ठ स्वतन्त्र, साङगे शेर्पा लोकतान्त्रिक मञ्च, सुवास घिसिङ नेशनल पिपुल्स पार्टी रहेका छन् ।



समग्रमा हेर्दा रामेछापमा अन्य दलभन्दा नेकपा मालेले जिल्लाभरी छरियर रहेका मत प्राप्त गर्ने र नेपाली काँग्रेस, एमालेको असन्तुष्ट रहेका आन्तारिक मत नेकपा मालेलाई थपिदा त्रिपक्षिय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अन्य प्रतिस्पर्धी पार्टीहरुले पनि गएको चुनावमा भन्दा निक्कै राम्रो मत हाशिल गर्ने देखिन्छ । स्वतन्त्रमा उम्मेद्धारी दिएका धेरैजतिले साना दलको एकतामा जोड दिइरहेका वेला नेकपा मालेले जितको सम्भावना जिवीतै राखेको हुनाले सवै साना दलले नेकपा मालेलाई अन्तिममा साना दलको प्रतिनिधित्व हुनेगरी नेकपा मालेको चुनाव चिन्ह हशिया तारामा मतदान गर्ने सम्भावना बढेको छ ।

साना दलको नेतृत्वमा सवैभन्दा प्रखर,युवा र स्थानीय देखि केन्द्र सम्मको अनुभवी र पेशाले सञ्चारकर्मी समेत रहेका मोहन कार्कीलाई विजयी गराउदा रामेछापले असल अन्य ठुला दलभन्दा अझै अव्वल नेतृत्व देखिएको हुनाले साना र स्वतन्त्रका उम्मेद्धारहरुले समेत मोहन कार्कीलाई प्रतिनिधि सभामा सघाउने छलफलमा जुटेका छन् भने नेपाली काँग्रेस र एमालेका पार्टीका असन्तुष्ट रहेका कार्यकर्ताहरु र जनताले मोहन कार्कीलाई नै समर्थन गर्दै हशिया तारामा मतदान गर्ने पर्वल सम्भावना देखिन्छ ।

हुन पनि मोहन कार्कीले उनकै नेतृत्वमा बृहत रामेछापको विकासको लागि ३१ बुदे (कृपज) को अवधारणा पत्र सर्वाजनिक गरिसकेका छन् । उक्त योजना हेर्दा पनि रामेछापको विकास गर्न सक्ने क्षमता कार्कीले राख्छन् भनि जनताले समेत गाउँ गाउँमा कुरा गर्न थालेको सुनिन्छ । यसपटक युवालाई अवसर दिने सल्लाह गरेको टोल टोलमा सल्लाह हुन थालिसकेको छ । युवा माझमा समेत लोकप्रीय भएका कार्की नेकपा माले पार्टीका केन्द्रीय सदस्य तथा प्रगतिशील युवा संघ नेपालका उपाध्यक्ष, बागमती प्रदेश प्रमुख, पार्टीको रामेछाप–दोलखा ब्यूरो इन्चार्ज समेत रहेका छन् ।

सानै उमेरवाट संगठानिक भएका कार्कीले मेहेनत र इमादारिता साथ नेपाली समाजलाई पु¥याएको राष्ट्रिय योगदान, जिल्लामा जनतालाई परेको समस्यामा भौतिक, नैतिक, सहजीकरण जस्ता काम गरेर देखाउने र प्रष्ट धारणा राख्ने, नढाट्ने खरो स्वभाव भएका कार्कीले यसपटक जनताले अवसर दिएमा रामेछापलाई तत्कालीन, मध्यकालीन,दिर्धकालीन योजना बनाएर काम गर्ने बताउदै घर दैलो गरिरहेका छन् । उनको साथमा एकजना साथी मात्र लियर हिडिरहेका छन् । उनलाई धरानका हर्क साङपाङको उपमा दिदै रामेछापका जनताले यस्तो इमानदार नेतालाई मत दिने भन्न थालिसकेको सुन्दा कार्कीको बिजयी हुने सम्भावना रहेको देखिन्छ ।

नेकपा मालेवाट उम्मेद्धारी दिएका प्रदेश सभा (क)का २९ बर्षिय युवा सुरेश बस्नेत, त्यसैगरी प्रदेश (ख) वाट उम्मेद्धारी दिएका ओमबाबु पुरी, प्रतिनिधि सभा समानुपातिक उद्धवलाल श्रेष्ठ, उदय बहादुृर श्रेष्ठ लगायतको राम्रो टिमवर्क पनि देखिएको हुनाले कार्कीको भोट रामेछापमा ठुला दललाई परास्त गर्न सक्ने आधार बन्दै गएको त्यहावाट जानकारी प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend