logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा र सुविधाहरुको साथमा


  • जन आकाश
  • मंगलबार, कार्तिक १५ २०७९

 



काठमाडौ । सम्पूर्ण टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रा लि ले ल्याएकोे छ ।

२०७९ कार्तिक १५ गते एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको छ । त्यस अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्रि गर्नु को अतिरिक्त हाम्रो प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रिपछिको सेवाहरु प्रदान गर्नु हो । हाम्रा ग्रहाकहरुको आकांक्ष बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकहरुलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्नेछ र ग्रहकहरुलाई दुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्दि«त गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको बताएका छन् ।

त्यसै गरी टाटा मोटर्स का उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल विजनेस अनुराग मेहरोत्रा ले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा बृद्धि भई गाडी बिक्रि तथा प्रवर्धनमा पनि सहयोग मिलेको कुरा बताउनु भयो । टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्रहकहरुको नाफामा समेत बृद्धि हुने र ग्राहकहरुले तनाबमुक्त सेवा तथा सुविधाहरुको मजा लिने कुरामा विश्वस्त रहेको बताएका छन् ।

टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् । मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, ए.एम.सी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कंपनीले लिने उल्लेख छ ।

टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरीएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मि सम्मको वारेन्टी सुविधा रहेको छ । एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको ब्यवस्था कंपनीले गर्नेछ । टाटा जिप्पि अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ । ग्राहकहरुको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूती प्रदान गर्ने कार्यक्रम मार्फत जानकारी दिएको छ ।
टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित विमा दावि सुविधाहरु पनि रहेको छ ।

टाटा अलर्ट अन्तर्गत कंपनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ र वी केयेर सेवा अन्तर्गत वर्कशपमा गाडी बनाउदाँ ग्राहकले अपेक्ष गरे बमोजिम को सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ ।

अनलाइन मार्फत सम्पन्न उक्त कार्यक्रममा टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुको साथमा टाटा मोटर्सका उच्च पदाधिकारीहरु को पनि उपस्थिति रहेको थियो । सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमूख संचालक अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरि कार्यक्रमको समापन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend