जन आकाश
बिनोद कार्की
रामेछाप । २०७९ मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिक आइपुगेको छ ।
रामेछापमा राजनीतिक पार्टीहरु जनता तान्न हत्तारिएका छन तर नेकपा मालेवाट उम्मेदवारी दिएका युवा नेता मोहन कार्की अन्य उम्मेदवार भन्दा अगाडी देखिएका छन् ।
अन्य पार्टीले भन्दा फरक शैली अपनाएर चुनाव प्रचारप्रसार गरिरहेका कार्की जनताको घरघरमा, खेत खेतमा पुगेका छन् भने उनले जनता समक्ष पेस गरेको रामेछापको बृहत् बिकासको योजना अन्य दलभन्दा उत्कृष्ट भएको जनताले बताउन थालेका छन् ।
त्यसैगरी साना दलहरूले कार्किलाइ सघमा सघाउने र साना दलको प्रतिनिधित्व गर्न सदनमा पठाउने भनी साथ दिएका छन् ।
त्यसैगरी युवाहरुको उत्तिकै साथ पाएका छन् ।
पेशाकर्मिहरुको कार्किलाइ साथ
रामेछापका बिभिन्न पेशाकर्मी सघ/ सस्थाहरुले कार्कीलाई जिताउन हसिया तारामा मतदान गर्ने भएका छन ।
रामेछापका यातायात क्षेत्रका ब्यवसायिहरुले शुरुमा नै कार्किलाइ साथ दिने बताएका थिए।
त्यसैगरी कार्कि अन्य पार्टी र स्वतन्त्र उम्मेदवार भन्दा अब्बल सक्षम , सिक्षित, अनुभवी , असल सोच भएका र युवा नेता भएको हुनाले जनताले कार्किलाइ नै मत दिएर जिताउने सल्लाह गर्न थालिसकेको हुदा रामेछापमा प्रतिनिधि सभा कार्किले जित्ने सम्भावना बढेको देखिन्छ ।
भने राप्रपा, एकीकृत समाजवादी लगायतले सघमा नेकपा मालेलाइ सघाउन सक्ने आकलन गरिएको छ । तर राप्रपा र एकीकृत समाजवादीको आधिकारिक धाराण भने आएको छैन।
नेकपा मालेका प्रदेश आभा खमा पार्टीका जिल्ला सचिव ओमबाबू पुरी, कमा युवा नेता सुरेस बस्नेत दुबैले दरिलो साथ दिइरहेका छन् भने समानुपातिक प्रतिनिधि उम्मेदवार उदपलाल श्रेष्ठ , प्रदेश समानुपातिक उदय बहादुर श्रेष्ठ , महिला समानुपातिक कल्पना खड्काले साथ दिइरहेका छन् ।
झट्ट सुन्दा नपत्यए पनि टिम स्पृड र नितिगत रुपमा सवैभन्दा अब्बल नेकपा मालेका उम्मेदवारहरु यसपटक रामेछापमा हावी देखिन्छन् ।
नेकपा मालेले चुनाव जित्ने आधार यसरी बन्दै गएको देख्दा देशभक्त , जनपक्षीय , रास्टवादी शक्तिहरुको मनोबल उच्च हुँदै गइरहेको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend