जन आकाश
रामेछाप जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभामा भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जसमा प्रतिनिधि सभामा नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङले अग्रता कायमै राखेका छन् । नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ कान्छारामले १५१७२ मत प्रप्त गर्दा नेकपा एमालेका कैलाश ढुङगेलले ११३३३ प्राप्त गर्दै पछ्याइरहेका छन् । भने राप्रपाले ८१७ मत ल्याउदै तेस्रो स्थानमा छ । देशभर चर्चा पाएको् स्वतस्त्र पार्टीकी समिक्षा श्रेष्ठ ४७९ ल्याउदै चौथो स्थानमा रहेकी छन् । नेकपा मालेका युवा नेता मोहन कार्कीले २७३ मत प्राप्त गर्दै पाचौ स्थानमा रहेका छन् । कलमले १६७ मत पाएको छ । तर एकीकृत समाजवादी पार्टीका देवशंकर पौडेलले केन्द्रको निर्णयले गठवन्धनलाई सघाएको हुनाले उनको गणना खासै नगरेपनि हुने भएको छ । कुखुराको भाले रामेछापमा २०९ मत ल्याई बासिरहेको छ।
प्रदेश सभामा शान्ति अगाडी
रामेछापमा प्रदेश कका उम्मेद्धार शान्ति प्रसाद पौडेलले अग्रता लिइरहेका छन् । उनले १२२७० मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ११३९४ मत प्राप्त गरेका छन् । अहिले रामेछापको उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, गाउँपालिका सकेर मन्थली वाडन. ३, ४, ५ हुदै रामेछाप नगरपालिकाको वाडन. १ गोठगाउँ सम्मको मतपरिणाम आधाकारिक रुपमा आइसकेको छ । रामेछाप नगारपालिकाको देउरालीको मत गणना जारी रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend